६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना


प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मुटुको धड्कन बढ्ने समस्या देखिएपछि हिजो बिहिबार० राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाकारी दिनुभयोे ।

उहाले प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको बताउनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको बताईएको छ ।

Nabintech