११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हेभि ईक्युपमेन्ट मेसिनहरुको सबै पार्टस एकै ठाउँबाट पाइने


कोहलपुर / हेभि ईक्युपमेन्ट मेसिनहरुको सबै पार्टस एकै ठाउँमा पाउने गरि कोहलपुरको बालबिद्या चोकमा बिनम्र मन ईन्टरप्राइजेजले सेवा शुभारम्भ गरेको छ । हेभि ईक्युपमेन्ट मेसिन जेसिवि,स्काभेटर,ग्रेडर र रोलरका सबै पार्टस पुर्जाहरु एकै ठाउँबाट पाइने गरि बिनम्र मन ईन्टरप्राइजेजले सेवा शुभारम्भ गरेको सञ्चालक मन बहादुर चनराले बताए ।
मेसिनहरुमा समस्या आएमा दक्ष प्राविधिक सहति गुणस्तरिय पार्टस पुर्जाहरु मेसिनहरु बिग्रिएकै ठाउँ सम्म पुने उनले बताए । हेभि ईक्युपमेन्ट मेसिन जेसिवि,स्काभेटर,ग्रेडर र रोलरका सबै पार्टस पुर्जाहरु सहित हाईड्रोलिक मेसिनहरुका सामान समेत पाइने सञ्चालक चनराले बताए ।
लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा लक्षित गरि सेवा दिने गरि हेभि ईक्युपमेन्ट मेसिन र हाईड्रोलिकमा आवश्यक पर्ने सबै पार्टस पुर्जाहरु सजिलै पाउने बिनम्र मन ईन्टरप्राइजेजले जानकारी दियो ।
मन ईन्टरप्राइजेजको पसल सुभारम्भ कार्याक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने,अवराज खड्का,तुलाराज बिष्ट बिहानी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Nabintech