११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एनटिभि कोहलपुरलाई सुधार्न पत्रकार केसीको माग


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसीले नेपाल टेलीभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरको सुधारको माग गर्दै सञ्चार तथा प्रबिधी मन्त्रानलयका सचिव डा. बैकुञ्ठ अर्याल समक्ष ज्ञापन पत्र बुझाएका छन ।
कोहलपुर निवासी केसी सञ्चार मन्त्रालयमै पुगेर सुधारको माग सहित ज्ञापन पत्र बुझाएका हुन । उनले कोहलपुरमा अबिलम्ब १० औं तहको कर्मचारीलाई कार्यालय प्रमुखका रुपमा पठाउनु पर्ने लगायतका संस्थागत सुधारको माग गरेको नयाँ कोर्सलाई जानकारी दिए ।


हाल ८ औ तहको कर्मचारीले उत्कृष्ट कार्य सम्पादन गर्न नसकेको उनको भनाई छ । उनले हाल क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा कर्मचारी छनोट लगायतमा राजनितीकरण गरिएको आरोप समेत लगाइका छन ।

Nabintech