११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एमालेलाई एकपछि अर्को धक्का:बागमती र एक नम्बर प्रदेश सरकार पनि धरापमा !

सात मध्ये तीन प्रदेशमा माओवादी नेतृत्वको सरकार



काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अहिले संघीय सरकारमा तेस्रो दल हो । पहिलोमा १२१ सिटसहित नेकपा एमाले, दोस्रो ६३ सिटसहितको नेपाली कांग्रेस र तेस्रो ५३ सिटसहित माओवादी केन्द्र र चौथो राजपा हो ।

गत निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचन लडेको माओवादी केन्द्र २०७५ जेठ ३ गते नेकपा एमालेसँग पार्टी एकता गरेपछि झण्डै दुईतिहाई वहुमतसहितको नेकपाको सरकारमा सामेल थियो ।

तर पार्टीभित्रको किचलोको कारण सर्वोच्च अदालतबाट २०७७ फागुन २३ गते नेकपालाई पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रमा फर्कादियो ।

त्यसपछिको सबैभन्दा ठूलो घाटा एमाले र ओलीलाई लागेको छ । दुई तिहाइको वहुमत नजिक रहेको ओली सरकार आफ्नै कारण संघ, प्रदेशका सरकारहरुबाट बाहिर निस्कनु परेको छ । अहिले सात प्रदेश मध्ये तीन प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । गण्डकीमा गठबन्धनको अर्को दल नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको छ । अरु दुई प्रदेश पनि ओली निकट सरकार धरापमा परेको छ ।

बालुवाटार छोडेर बालकोटको बार्दलीमा बसेर पार्टीभित्रकै माधव नेपाललाई उनले मिल्ने विन्दुमा पुगेको पार्टी एकतालाई धमिल्याउन अभिव्यक्ति दिए । उनले माधव नेपाललाई ‘लालगद्दार’ सम्म भन्न भ्याए ।

पूर्व प्रधानमन्त्री समेत भइसकेका माधव नेपाललाई असाध्यै तल्लो स्तरबाट गालीगलौजमा उत्रेर ओलीले आफ्नो कँध आफैले घटाउँदै लगिराखेको राजनीतिकर्मीहरुको भनाई रहेको छ ।

आफ्नै दलभित्रका खनाल–नेपाल समूहलाई साथ लिन नसक्दा र ओलीभित्र रहेको चरम अहंकार, घमण्डको कारण आज उनले संघदेखि प्रदेशसम्मका सरकार गुमाउनु परेको छ ।

अझै पनि उनले आत्म समीक्षा गर्न पट्टि नलागी चरम ईश्र्या, राग, कुष्ठाले भतभती पोलेको आवाज बाहिर निकालिरहेका छन् ।

लुम्बिनी र गण्डकीमा पनि गुमाए आफ्नो सरकार

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा साउन २८ गते ४२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । ओलीका विश्वास पात्र शंकर पोखरेलले सत्ता जोगाउने हरेक कसरत असफल भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्र नम्बर २ ९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । अहिले लुम्बिनी प्रदेशसभमा ८० जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । शंकर पोखरेलसँग ३८ सांसद हुँदा पनि उनले आफ्नो सरकारलाई पूरा कार्यकाल जोगाउन सकेनन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका विमला वली सहित १९, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । उता पोखरेलसँग ३८ जना मात्रै छन् । सभामुख पूर्णबहादुर घर्तीले दुवैतर्फ बराबरी मत भएको खण्डमा मात्रै अविश्वासको प्रस्तावमा निर्णायक मत हाल्न पाउँछन् । लुम्बिनी प्रदेशसभाको संसदीय गणितमा स्पष्ट अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिएका हुन् ।

त्यस्तै गण्डकी प्रदेशमा पनि ओलीका निकट मानिने पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीबाट हटाउँदै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । उनलाई नेकपा माओवादी केन्द्र, जनमोर्चा र जसपाको साथ रहेको छ ।

ओलीले पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्रीबाट स्वम् आफूले पद गुमाउन मात्र परेन आफ्ना निकटका प्रदेशका मुख्यमन्त्रीहरु पनि धमाधम गुमाउँदै छन् ।

कर्णाली र सुदुरपश्चिममा पनि सकेनन् ओलीले

कर्णाली र सुदुरपश्चिम दुई प्रदेश नेकपा माओवादीकेन्द्रको भागमा दिएर अरु चार प्रदेश ओलीले लिएका थिए । पार्टीभित्र आन्तरिक कलह बढ्दै गएपछि कर्णालीमा ओली समूहले निहुँ खोज्न शुरु गरेको थियो । पछिल्लो पटक पार्टी विभाजन भइसकेपछि माओवादी केन्द्र नेतृत्वको सरकार ढाल्न ओलीले निकै प्रयास गरे ।

ओलीले गत वैशाखमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउन प्रयास गरेका थिए । तर खनाल–नेपाल समूहका साथको कारण उनको त्यो प्रयास असफल बनेको थियो । शाहीले वैशाख ३ मा खनाल–नेपाल पक्षका ४ जना प्रदेशसभा सांसदको साथ पाएर सत्ता जोगाए । अहिले ती चार सांसदलाई फ्लोर क्रस गरेको भन्दै एमालेको संसदीय दलले गरेको कारवाहीलाई अदालतले सदर गरी पदमुक्त गरिदिएको छ । तर मुख्यमन्त्री शाही सरकार झन् बलियो भएको छ ।

यसैबीच गत जेठ २५ मा माओवादी केन्द्रबाटै सुदूरपश्चिमका मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले पनि एमालेका चार जना सांसदको सहयोगमा आफ्नो पद जोगाएका थिए ।

बागमती र १ नं प्रदेश सरकार धरापमा

अहिले संघदेखि प्रदेशहरूसम्म सरकार परिवर्तन भइरहँदा बागमती प्रदेश र १ नं प्रदेशतिर ओली निकट नेतृत्व डोरमणी पौडेल र शेरधन राईको सरकार ढाल्न विपक्षी गठबन्धन लाग्ने आशंका र चर्चाहरु बढ्न थालेका छन् ।

यि दुवै प्रदेशमा गत पुस महिलामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर सरकार ढाल्ने कोसिस भएको थियो । तर त्यो सफल हुन सकेन । तर सरकार परिवर्तनका लागि औपचारिक रूपमा पहल सुरु नभए पनि खनाल–नेपाल समूह एमाले पार्टीभित्र निर्णायक संघर्षमा भएको कारण गठबन्धनको अबको तारो यी दुई प्रदेश पर्ने निश्चित जस्तै देखिएको छ । यी दुवै प्रदेशमा अहिले एमालेको वहुमतको सरकार छ । माधव नेपालको एक इशारामा ओली निकट पात्र रहेका यी दुवै प्रदेशका मुख्यमन्त्रीको पद र सत्ता गुम्ने छ ।

Nabintech