११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
के हुन्छ अव लुम्बिनी प्रदेश सभामा


लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । प्रदेशसभाको विशेष अधिवेशनको बैठक अघि मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि ६८ धारा २ अनुसारको सरकार गठनका लागी दाबि पेश गर्न प्रदेश प्रमुखले आवहान गर्ने तयारी भई रहेको प्रदेश प्रमुख कार्यालय श्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री बिरुद्ध लुम्बिनी प्रदेश सभामा अबिस्वासको प्रस्ताव पेश हुने भएपछि मुख्यमन्त्री पोख्रेलले राजिनामा दिए पछि नयाँ प्रक्रिया सुरु हुने भएको हो । उनले दिएको राजिनामा प्रदेश सभामा आई नपुगे पछि लुम्बिनी विरुद्ध अविश्वास प्रस्ताव पेश भएको थियो ।

नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका थिए । बिशेष अधिवेशन आजै समापन हुने संसद सचिवालय श्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रमुखले आवहान गरे लगतै माओवादी केन्द्रका नेता कुल प्रसाद केसी सोनाम लाई मुख्य मन्त्री बनाउका लागि बहुमत सदस्यको हस्ताक्षर सहितका सांसदहरु प्रदेश प्रमुख कार्यालय जाने बुझिएको छ । बिहीवार सम्ममा लुम्विनी प्रदेशले नयाँ मुख्य मन्त्री नियुक्त हुने सम्भावना रहेको प्रदेश साँसद आई पि खरेलले जानकारी दिए ।

Nabintech