११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रको वडा तहको कमिटी गठन तथा पुर्नगठन अघि बढ्यो


कोहलपुर (बाँके) / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने काम भई रहेको जानकारी दिए । उनका अनुसार मंगलबार कोहलपुर नगरपालिका वडा नं १२ मा वडा कमिटीको बैठक तथा कार्यकर्ता भेला  सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका वडा नं १२ मा वडा कमिटीको बैठक तथा कार्यकर्ता भेलाले पुनः निरक बहादुर शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको हो । यसै गरी  बैठक तथा कार्यकर्ता भेलालले अखिल नेपाल महिला संघ (क्रन्तिकारी) र वाइसिएलको वडा कमिटी पनि विस्तार गरेको छ । अखिल नेपाल महिला संघ (क्रन्तिकारी) को वडा कमिटी रुपी बि.क.को अध्यक्षतामा ११ सदस्यीय र वाइसिएलको वडा कमिटीमा पहलसिंह वलीको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानले नयाँ कोर्सलाई बताए ।

कोहलपुर नगरपालिका वडा नं १२ मा वडा कमिटीको बैठक तथा कार्यकर्ता भेलालमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने,जिल्ला कार्यालय सदस्य अवराज खड्का, जिल्ला कार्यालय सदस्य साबित्रा पुन लगायतको सहभागिता रहेको थियो ।

कमिटी गठन कार्यमक्रममा बोल्दै नेता न्यौपानेले केपी वलीको अंहकार र गैर कम्युनिष्ट चरित्रका कारण २ तिहाईको कम्युनिष्ट सरकारले पुरा समय काम गर्न नपाएको बताए । उनले केपी ओलीले १ कार्यकालमा २ पटक सम्म प्रतिनिधी सभा बिघटन गरेर घोर प्रातिगामी काम गरेकाले बाध्य भएर प्रतिगमन बिरोधीहरुसंगको सहकार्यमा नयाँ सरकार गठन गनु परेको धारणा राखे ।

केपी ओली आफ्नो नेतृत्वमा सरकार गठनका लागि मात्रै पार्टी एकता गरेका रहेछन भन्ने कुरा घाम जस्तै छर्लङ भएको बताउदै अव फेरी बास्तवीक कम्युनिष्ट र सामाजवादीहरुसंग पार्टी एकता गरेर अगाडी बढने धारणा राखे ।

Nabintech