११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र बाँकेले एक महिने अभियान सञ्चालन गर्दै


कोहलपुर (बाँके) / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाँकेले एक महिने संगठन बिस्तार तथा सुद्धृढिकरण अभिायन सञ्चालन गर्ने भएको छ । माओवादी बाँकेको सोमवार बसेको र्भचुल मिटिङले यस्तो निर्णय गरेको अध्यक्ष आईपि खरेलले जानकारी दिए ।

अभियान अन्र्तगत सम्पुर्ण नेता कार्यकर्ता वडामा केन्द्रीत हुने निर्णय भएको उनले बताए । भाद्र १ गते बाट सुरु हुने अभियान एक महिना सञ्चालन हुने छ । बैठकमा बोल्दै माओवादी केन्द्रका युवा नेता एंव लुम्बिनी प्रदेशका ईन्चार्ज बर्षमान पुन अनन्तले माओवादी पार्टीलाई सुद्धृढ गर्न लाग्न निर्देशन दिए । अनन्तले जनताका बिचमा गएर बिगतका कमि कमजोरी सञ्चाउदै पार्टीलाई नयाँ गति दिनु पर्ने बताए ।
बैठकमा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष ओनसरी घर्ति, माओवादी केन्द्रका युवा नेता एंव बाँके १ का संघिय साँसद महेश्वर गहतराज अथक लगायतको सहभागिता रहेको माओवादी लुम्बीनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानका अनुसार अव पालिका स्तरबाट अभियानलाई व्यवस्थीत गरिने छ ।

Nabintech