११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र बाँकेले वडा कमिटी गठनलाई तिब्रता दियो


कोहलपुर (बाँके) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ । माओवादी केन्द्रको केन्द्रीय र्सकुलर अनुसार साउन ३० गते भित्र वडा कमिटी गठन गर्न भनिएको छ ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने काम भई रहेको जानकारी दिए । उनका अनुसार शनिवार कोहलपुर नगरपालिका वडा नं १  र वडा नं १० मा वडा कमिटीको बैठक सम्पन्न भएको छ । त्यसैगरी राप्ती सोनारी वडा नं ३ को भेलाले नयाँ नेतृत्व चएन गरेको जानकारी दिए । उनका अनुसार राप्ती सोनारी ३ मा हरि प्रसाद थारुको अध्यक्षतामा २९ सदस्यीत वडा समिती गठन गरिएको छ ।


कमिटी गठन कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिती सदस्य नरेन्द्र न्यौपाने जिल्ला कार्यालय सदस्य अवराज खड्का,राप्ती सोनारी गाउँपालिका सह ईन्चार्ज मञ्जु रोकाय लगायतको सहभागिता रहेको थियो ।
कमिटी गठन कार्यमक्रममा बोल्दै नेता न्यौपानेले केपी वलीको अंहकार र गैर कम्युनिष्ट चरित्रका कारण २ तिहाईको कम्युनिष्ट सरकारले पुरा समय काम गर्न नपाएको बताए । उनले केपी ओलीले १ कार्यकालमा २ पटक सम्म प्रतिनिधी सभा बिघटन गरेर घोर प्रातिगामी काम गरेकाले बाध्य भएर प्रतिगमन बिरोधीहरुसंगको सहकार्यमा नयाँ सरकार गठन गनु परेको धारणा राखे ।
केपी ओली आफ्नो नेतृत्वमा सरकार गठनका लागि मात्रै पार्टी एकता गरेका रहेछन भन्ने कुरा घाम जस्तै छर्लङ भएको बताउदै अव फेरी बास्तवीक कम्युनिष्ट र सामाजवादीहरुसंग पार्टी एकता गरेर अगाडी बढने धारणा राखे ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष हरि प्रसाद थारुले यस पटक राप्ती सोनारी ३ मा माओवादी केन्द्रको झण्डा गाडेरै छाड्ने उद्धघोष गरे । उनले केपी ओलीका छोराहरुले आफ्ना कार्यकर्ताहरुलाई ग्रामीण तहमा बिभिन्न धम्की र प्रलोभवन दिएर कार्यक्रममा आउन नदिने लगायतका हर्कत गर्ने गरेको बताउँदै अव त्यसको जवाफ फिल्ड बाटै दिने बताए । उनले राजनैतिक चरित्र देखाउन पनि केपी ओलीका कार्यकर्तालाई आग्रह गरे ।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा र सेल सम्म कमिटी गठन कार्य भई रहेको माओवादी केन्द्र बाँकेका अध्यक्ष आई.पि खरेलले जानकारी दिए ।


यस्तै खजुरा गाउँपालिका वडा नं ४ मा टेक बहादुर रोकायाको अध्यक्षतामा २९ सदस्यीय वडा समिती गठन गरिएको नेकपा माओवादी खजुरा गाँउ पालिका अध्यक्ष राज कुमार बिकले जानकारी दिए । कमिटीको सचिवमा रिमा राना मगर रहेकी छन । गाँउपालीका अध्यक्ष बिकले दैनिक जसो वडा कमिटी गठनको कामहरु भई रहेको बताउँदै वडा कमिटी पछि टोल र सेल तह सम्म कमिटीहरु निर्माण गरिने जानकारी दिए ।

 

Nabintech