११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मलाई मुख्यमन्त्री निवासमै पाँच दिनसम्म बन्दी बनाएर राखियो : सांसद विमला वली


लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री ९वली०ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई साउन १५ गते अपहरण शैलीमा बुटवल ल्याइएको र मुख्यमन्त्री निवासमै बन्दी बनाएर राखिएको बताइन् । उनले साउन २० गतेमात्र आफू त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

साउन २० गते दिनको करिब पौने १२ बजे सबै आराम गरिरहेको मौका छोपेर आफू मुख्यमन्त्री निवासबाट भागेको उनको भनाइ छ । ‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० संसदीय दलको कार्यालयमा पुगेँ,’ उनले प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ ।’

आफू त्यतिबेला मानसिक रुपमा निकै थकित भएको हुनाले साउन २० गते नै सार्वजनिक हुन नसकेको उनले बताइन् । ‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुपरेको हो,’ उनले भनिन्, ‘नेकपा एमालेले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ ।’ उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको र सो पार्टीप्रति नै पूर्ण प्रतिबद्ध रहेको पनि बताइन् ।

Nabintech