६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना नियन्त्रणका लागि के गर्दै छन बाँकेका स्थानिय तह


विश्व व्यापी रुपमा फैलिएको महामारीलाई रोकथाम गर्न बाँकेका स्थानिय निकायहरुले आ–आफ्नै तरीकाले योजना निमार्ण गरेर अभियान सञ्चालन गरेका छन ।
जिल्लाका ८ ओटा पालिकाहरुले सचेतना मुलक माईकिङ , हेल्थ डेक्स निमार्ण, सचेतना र सेल्फ क्वारेन्टाईनमा बसेर महामारी रोक थामका लागि अपिल गरेका छन ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतका अनुसार नगरपालिकाले लामो समय देखि सचेतना मुलक अभियान सञ्चालन गर्दै आएको बताए । उनले झण्डै ५० हजार पम्पलेट निर्माण गरि बितरण गरेको र १ सय ५० थान फल्याक्स बोर्ड निर्माण गरि बिभिन्न सार्वजनिक स्थानमा टासेको जानकारी दिए । प्रमुख रावतका अनुसार हाल नगरपालिकाले ईलका प्रहरी कार्यालय कोहलपुरसंगको साझेदारीमा नगर क्षेत्र भित्र माईकिङ गनुका साथै आम समुदाय लाई घरमै सेल्फ क्वारेन्टाईनमा रहन अपिल गरिएको छ ।  उनका अनुसार शंकास्पद बिरामी फेला परे वा अन्य देश बाट आएका मानिस फेला परे राख्नका लागि क्वारेन्टाईन निर्माण गरिएको छ । कोहलपुर ८ मा रहेको कृषि बिकास बैकको तालिम केन्द्रलाई क्वारेन्टाईनका रुपमा प्रयोगमा ल्याईने उनले बताए ।

बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले सचेतना अपनाउन माईकिङ गनुका साथै भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको अभिलेखीकरण गर्ने र तिन लाई होम क्वारेन्टाईनमा वस्न आग्रह गरिएको बताए । उनले हरेक वडामा १÷१ ओटा बिद्यालयलाई क्वारेन्टाईनका रुपमा विकास गर्नका लागि वडा अध्यक्षलाई तयारी हालतमा रहन निर्देशन दिईएको बताए । रुचालले बैजनाथ प्राथमिक स्वाथ्य केन्द्रमा १६ बेडको आईसुलेसन कक्ष निर्माण गरिएको नयाँ कोर्सलाई जानकारी दिए । उनले पालिकाका स्वाथ्य केन्द्रहरुमा आवश्यक स्वाथ्य सामाग्रीको व्यवस्था गरिएको वताए ।

राप्ती सोनारी गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले पालिकाले सचेतनामा बिशेष जोड दिएको जानकारी दिए । उनले घर भित्र बस्न र रोकथामका उपाय अवलम्वन गर्न आग्रह गरिएको जानकारी दिए । उनले होम क्वारेनटाईमा जोड दिईएको र भारतबाट आएका तथा अन्य शंकास्पद बिरामीलाई निगरानिमा राखिएको उल्लेख गरे ।

नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मनिराम खरालले भारतसंग जोडिएको सिमा नाका पुर्ण रुपमा सिल गरिएको वताए । सवैजसो वडाहरुमा हेल्थ डेक्स स्थापना गरिएको जानकारी दिए । अधिकृत खरालले नरैनापुर ४ को नेराप्रावि खोदवामा १० बेडको क्वारेन्टाईन स्थपना गरिएको जानकारी दिए । उनले होम क्वारेन्टाईनमा बस्न र सचेतना अपनाउन अपिल गर्दै माईकिङ गरिएको वताए ।

खजुरा गाउापालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि तत्काल २० लाख छुट्टाएर काम अगाडी वढाएको नयाँ कोर्सलाई वताए । उनका अनुसार खजुरा १ को मैटहवा माविमा २० बेडको क्वारेनटाईन स्थापना गरिएको छ । जसमा हाल ४ जना लाई राखिएको छ । भारत तथा अन्य देशवाट आएका र संकास्पद लाई क्वारेनटाईमा राखिएको हो ।
कक्षपतिले भारत तथा तेस्रो देश वाट आएकाहरुको विवरण संकलन सुरु गरिएको जानकारी दिए । खजुरा पालिका अन्र्तगत प्रदेश सरकारले खजुराको क्यानसर अस्पतालमा ५० बेडको आईसुसेलन वार्ड बनाउने भएको छ । जसमा ५ बेड आई सि यु र ४५ नर्मल वेड रहने कक्षपतिले जानकारी दिए । पालिकाका सवै वडाहरुमा सचेतना मुलक सन्देश सहित माईकिङ समेत गरिएको उनले जानकारी दिए ।

नेपालगंज उपमहानगर पालिकाका स्वाथ्य शाखा प्रमुख राम बहादुर चन्दले जमुनाहा , राझाँ एयरपोर्ट,नगरपालिका कार्यालय , भाट भटेनि सुपर मार्केटमा हेल्थ डेस्क स्थपना गरिएको जानकारी दिए । उनले महेन्द बहुमुखि क्यापसमा क्वारेन्टाईन स्थपना गरिएको बताए । चन्दका अनुसार क्वारेन्टाईमा हाल भारत तथा तेस्रो मुलुक बाट आएका ८ जना लाई निगरानिमा राखिएको छ । यस्तै नेपालगंजको लायन्स डेण्टल हस्पीटलमा आईसुलेसन वार्ड निर्माण गरिएको चन्दले जानकारी दिए ।सचेतनाका कार्यक्रमहरु वडा स्तरबाट सञ्चालन गरिएको उनको भनाई रहेको छ ।

जानकी गाउँ पालिकाका प्रमुख राम निवास यादवले भारत तथा तेस्रो मुलुक बाट आएकाहरुको निगरानी र स्वास्थ्य केन्द्रहरुमा हेल्थ डेस्क स्थपना गरिएको जाकारी दिए । आशंकित १ जनालाई महेन्द्र बहुमुखि क्यापसको क्वारेन्टाईमा पठाईएको बताउदै पालिका भित्र पनि क्वारेन्टाईन बनाउने बारे छलफल भई रहेको जानकारी दिए ।
डुडुवा गाउँ पालिका प्रमुख नरेन्द्र चौधरीले सचेता कार्यक्रममा जोड दिएको बताए ।उनले सन्देश मुलक माईकिङ गरिएको होलिया , खडैचा र हिरमिनीयामा हेल्थ डेस्क स्थपना गरेर परामर्श तथा सेवा दिएको बताए । उनले बेतहनी स्वाथ्य केन्द्रमा क्वारेन्टाईन बनाउन तयारी थालिएको जानकारी दिए ।

 

Nabintech