११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युवालाई बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ


जाजरकोट/दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

स्थानीयलाई कुटेको भिडियोका आधारमा र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक पाण्डेले बताए ।

पीडितलाई पनि सदरमुकाम बोलाइएएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन् । पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

“हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौँ, पीडितले जाहेरी नदिएपनि कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने ।

सर्पे दमाईले वडाध्यक्षले अनियमितता गरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएपछि वडाध्यक्षले कुटपिट गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

Nabintech