११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई बर्खास्त गर्न प्रचण्डको भ्याकेट निवेदन, आजै सुनुवाई


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गरेको पुर्नवहालीविरुद्ध भ्याकेट निवेदन दिएका छन् ।

माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डले कारबाही गरेका थिए । उनले विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीहरुलाई कारवाही गरी निर्वाचन आयोगबाटसमेत पदमुक्त गराएको थियो ।

प्रचण्डले गरेको कारबाहीविरुद्ध उनीहरुले सर्वोच्च अदालतलमा पुर्नवहालीको माग गर्दै रिट दायर गरेका थिए । अदालतले गत असार १५ गते प्रचण्डले कारबाही गरेका जनप्रतिनिधिलाई पुर्नवहाली गर्दै काम गर्न दिन आदेश दिएको थियो ।

उक्त निवेदनमाथि आज आनन्दमोहन भट्टराई, बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहसहित ४१ जना स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

Nabintech