११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मन्त्रिमण्डल विस्तार पूर्व गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याउने


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिमण्डल विस्तारका लागि केही समय कुर्ने सहमति गरेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बैठकपछि कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए । नेपाल पक्ष भने आजको बैठकमा सहभागी थिएन् ।

Nabintech