११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्रबाट अथक सहित पाँच जना मन्त्री बन्दै


माओवादी केन्द्रबाट सरकारमा जाने नेताको नाम करिब करिब टुंगो लागेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशगत हिसाबमा मन्त्री बनाउनेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको स्रोतले बतायो । भागबन्डाअनुसार प्रधानमन्त्रीले माओवादीबाट अब पाँच जना मन्त्री थप्नेछन् ।

माओवादी केन्द्रबाट मन्त्री बन्न अहिले खुमलटार धाउनेको पनि भीड बढे पनि प्रचण्डले कसैलाई आश्वासन दिएका छैनन् ।

माओवादीले अहिलेको सरकारमा ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्येबाटै मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ ।

स्रोतका अनुसार  माओवादीबाट देवेन्द्र पौडेल गण्डकी प्रदेशको तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । हितबहादुर तामाङलाई बागमती प्रदेशको तर्फबाट मन्त्री बनाउन लागिएको छ ।

राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी छ । श्रेष्ठ सरकारमा सहभागी भएमा उनले माओवादीको तर्फबाट सरकारमा नेतृत्व गर्नेछन् ।

प्रदेश १ बाट भोजपुरबाट निर्वाचित सुदन किराँती मन्त्री बन्ने सम्भावना छ । लुम्बिनी प्रदेशको कोटाबाट समाबेसिको प्रतिनिधित्व हुनेगरी बाँकेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजलाई पनि मन्त्रिमण्डमा सहभागी गराउने तयारी छ ।

Nabintech