११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
डुवान तथा कटान नियन्त्रण र आगलागी पिडितको उचित व्यवस्थपान होस : अथक


बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज अथकले बाँकेको राप्तीपारी क्षेत्रमा बर्षेनि हुने हुने कटान तथा डुवान नियन्त्रणका लागि लागी ठोस पहल कदमी लिनु पर्ने बताएका छन ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विषेश समय लिएर बोल्दै नेता अथकले यस्तो आग्रह गरेका हुन् ।
संसद बैठकमा बोल्दै उनले सो क्षेत्रमा बर्षेनी हुने आगलागीबाट पिडीतहरुको उचित व्यवस्थापन र राहातका लागि राज्यको ध्यान जानु पर्ने बताए ।
भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बर्षेनि हजारौ बिगाह जग्गा कटान तथा डुवान पर्ने गरेको तथा बर्षेनि सयौ घरहरु आगलागिमा पर्ने गरेका छन । यस बर्ष मात्रै राप्तीपारी क्षेत्र लगाएत जिल्लाभर १ सय ७५ घरधुरी आगलागीमा परेका छन् । बाँकेको बर्षेनी सयौ घरमा आगलागी हुने गरेको भएपनि विगतको सरकारले उनीहरुको राहत र पुनर्वासको व्यवस्था नगरेको उनको भनाई छ ।
रहात तथा पुर्न स्थपनाको काम तत्काल गनुपर्ने उनको भनाई छ । २०७१ सालका बाढी पिडित समेत सामुदायीक बनको छेउमा अस्थायी टहरा बनाएर बसे पनि उनिहरुको दिर्घकालिन व्यवस्थापन गनु पर्ने उनको भनाई छ । उनीहरुको पुनर्वासको व्यवस्था यो सरकारले गरोस्। हरेक वर्षजसो यसवर्षपनि बाँकेमा नदीले कटान र पटान गरिरहेको छ। ३ जना युवाले ज्यान गुमाएका छन् । त्यसैले राप्ती नदि लगायतलाई नदि नियन्त्रणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउँछु ।’

बैठकमा ‘अथक’ ले नेपालको शान्ति प्रकृया पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, ‘शान्ति प्रकृयाका बाँकी कार्यभार पूरा गर्न पर्छ नेपाली राजनीतिमा यो सौदाबाजीको विषय जस्तो भएको छ । विगतमा हावादारी सरकारले टिआरसी प्रति आग्रहपूर्ण ढंगले सोच्दा पूरा हुन सकेन। अहिले शान्ति प्रकृयाको एउटा महत्वपूर्ण हिस्सा रहेको दलको सभापति नै प्रधानमन्त्री रहेकाले यो कामलाई निश्कर्षमा पुर्याउनु पर्छ ।’
बाँकेबाट निर्वाचित जनप्रतिनिधि अथकले सरकारले देश र जनताप्रतिको राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए ।

Nabintech