४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कैदी बन्दीहरु जेलबाट छुट्दै, बर्दिया कारागारबाट २ जना छुटे


एक बर्षमुनी कैद सजाय भएका कैदी बन्दीहरु जेलबाट छुट्ने भएकाछन् । अदालतले मनासिव जरिबाना गरि छोड्ने आदेश दिएपछि उनीहरु जरिवाना तिरि छुट्ने भएका हुन् ।
अदालतको आदेश भएपछि बिहिबार बर्दिया कारागारबाट २ जना छुटेकाछन । बर्दिया कारागारमा जम्मा २९२ कैदी रहेको बर्दिया कारागार प्रशासनले जनाएकोछ । अन्य २ जनाको निवेदन प्राप्त भएको जिल्ला कारागार बर्दियाले जनाएको छ ।
यसैगरि बाँके कारागारमा पनि १ बर्ष भन्दा कम सजाय पाएकाहरुलाई छोड्ने तयारी भई रहेको छ । कारागार श्रोतका अनुसार १ बर्ष भन्दा कम सजाय पाउनेको सख्या २० जनाको हाराहारीमा रहेको छ ।
जिल्ला कारागार बाँकेमा हाल ८ सय २७ जना कैदी बन्दीहरु रहेका छन । उनीहरु मध्ये एक बर्षमुनी कैद सजाय तोकेका कैदीहरुको पहिचान गरि निबेदन र जरिबाना लिई छोड्ने तयारी भईरहेको बाँके कारागारका जेलर देवेन्द्र प्रताप श्रेष्ठले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसले कारागारमा बसेका कैदी बन्दीलाई जोखिम बढने देख्रिएकोछ । यसै सवाल लाई मध्यनजर गर्दै अदालतले १ बर्ष भन्दा कम सजायका कैदी बन्दीहरु छोड्ने तयारी गरेको हो ।

Nabintech