११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सरस्वती सामुदायिक वनको अवैध रुख कटान काण्ड

अबैध तरिकाले रुख काटिएको घटना साम्य पार्न समुहका पदाधिकारीद्धारा काल्पनिक नाटक मञ्चन



कोहलपुर/सरस्वती सामुदायीक बन उपभोक्ता समुहको सामुदायीक बन क्षेत्रमा अबैध तरिकाले रुख काटिएको घटनालाई मिलाउनका लागी समुहका अध्यक्ष लागायतका पदाधिकारीले काल्पनिक नाटक मञ्चन गरेका छन ।

मंगलवार बृक्षा रोपण गर्न रुखहरु कटान गरेको बताएका समुहका पदाधिकारीले बुधवार भने अबैध रुख कटान गर्नेहरुलाई समुहले जरिवाना गरेको भन्दै बैंक भौचर बोकेर डिभिजन बन कार्यालय बाँके पुगेका हुन ।

डिभिजन बन कार्यालय श्रोतका अनुसार समुहकै ५ जनाले रुख कटान गरे वापत समुहका पदाधिकारीले जनही ५ हजार ६ सयका दरले २८ हजार जरिवाना असुल गरेको डिभिजन बनलाई जानकारी गराएका छन ।

समुहका अध्यक्ष लगाएतको प्रत्यक्ष निर्देशनमा रुखहरु कटान गरिएको बन समुहका एक सदस्यले जानकारी दिए ।

रुख कटानको अनुसन्धान गरि रहेका सब डिभिजन बन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख मान बहादुर थापाले अबैध रुपमा काटिएका रुखहरुको घटना साम सुम पार्न बन समुहका अध्यक्ष लागतका पदाधिकारीको दौडधुप हेर्दा उनिहरुकै प्रत्यक्ष संलग्नता हुन सक्ने बताए । उनले समुहका पदाधिकारीले मंगलवार सव डिभिजन बन कार्यालयमा आएर बृक्षा रोपण गर्न झाडी फडानी गरेको र सोही क्रममा केही रुखहरु पनि काटिएको बताएका थिए ।

सो स्थानमा १५ वटाबढि रुख काटेको भेटिएको उनले नयाँ कोर्सलाई जानकारी दिए ।

उक्त काठ कति मात्रामा छ भन्ने कुरा बिहीवार खुल्ने समेत उनले नयाँ कोर्सलाई बताए । सो अबैध तवरले काटिएका रुखहरु मध्ये ३ ट्याक्टर काठ र गोलिया सब डिभिजन बन कार्यालयमा ल्याईएको छ । सो स्थानमा अझै २ ट्याक्टर काठ तथा गोलियाहरु रहेको बन कार्यालय श्रोतले जानकारी दियो ।

बन कार्यालयका  अनुसार असना, कदम, दबदबे, बिसाईदा जातका ६७ सेन्टीमिटर सम्म गोलाई भएका रुखहरु कटान गरिएको हो ।सामुदायिक बनले बार्षिक स्वकृत कार्ययोजना भन्दा बाहिर रुख कटान गर्न नपाईने प्रावधान छ ।

श्रोतका अनुसार अबैध तवरले रुख कटानको मुद्धामा समुहका पदाधिकारीलाई कार्यावाही हुने भएकाले  अन्य ५ जनालाई फर्जि रुख काटने मानिस खडा गरि जरिवाना गरेको देखाउन खोजिएको हो ।

सरस्वती सामुदायीक बन उपभोक्ता समुह स्थापनादेखी हाल सम्म नर बहादुर मल्ल अध्यक्ष रहदै आएका छन ।

Nabintech