११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वडा अध्यक्ष थारुले ३ बालबालिकाको उद्धार गरे


६ महिना अघि कोहलपुर बाट हराएका ३ बाल बालिकालाई भारतको बरेली बाट उद्धार गरिएको छ । कोहलपुर ४ का ७ देखि ९ बर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बाल गृहमा भेटिएको र उनिहरुको उद्धार गरि कोहलपुर ल्याई पुर्याईएको कोहलपुर वडा नं ४ का वडा अध्यक्ष तिरथ राम थारुले जानकारी दिए ।
वडा अध्यक्ष थारु लागतयतको टोलिले बरेली बाट उद्धार गरि प्रबासी मित्र मञ्चको सहयोगमा पन्देही हुदै सोमवार बिहान कोहलपुर ल्याई पुर्याएको हो । उनिहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आफन्तको जिम्मा लगाएका हुन ।


कसरी पुगे ति बालबालिका भारत
उद्धारका लागी भारतको बरेली पुगेर फर्किएका कोहलपुर वडा नं ४ का वडा अध्यक्ष तिरथ राम थारुका अनुसार ६ महिना अघि कोहलपुर बाट हराएका ति बालबालिकाहरु एक भारतिय ट्रकमा बरेली पुगेका हुन । बरेली बजारको २÷३ किलोमिटर यतै भारतीय ट्रकले ति बालबालिकालाई ट्रक बाट झारिदिएको थियो ।
ट्रकले झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिडीरहेका उनिहरुलाई भारतिय प्रहरीले उद्धार गरेर एक स्थानिय संरक्षण सस्थाको जिम्मा लगाएको थियो ।
वडा अध्यक्ष थारुका अनुसार कैलाली पुर्नवास घर भई हाल बरेलीमा बस्ने एक नेपालीले स्थानिय समाचार हेरेपछि ५ नेपाली बच्चा बरेली बाल गृहमा रहेको थाहा पाएका थिए । ति नेपालीले आफुले चिनेका बैतडीका जनप्रतिनिधी मार्फत कोहलपुर नगरपालिका वडा ४ का अध्यक्ष तिरथ थारुलाई बच्चाको फोटो सहितको सुचना पाठाएका थिए । सोहि सुचनाको आधारमा वडा अध्यक्ष थारु भारतको बरेली पुगेर बाल बच्चालाई भेटनुका साथै नेपाल ल्याउनका लागि पहल सुरु गरेका थिए ।
उद्धार गरिएका एक बालकले कोहलपुर ४ बेलनपुरबाट आफुहरु खेल्दै कोहलपुर चौराहा पुगेको र त्यही भेटिएक एक व्यक्तिले घुम्न जाउ भन्दै रुपैडिहवा हुदै बरेली पुर्याएर उनि भागेको जानकारी दिए । कोहलपुर ४ का दुई दाजु भाई र यस अघि कोहलपुर ४ र हाल कोहलपुर बसपार्क बस्ने एक बालिका कोहलपुर चौराहामा भेट भएका थिए । तिन बाल बालिका लाई पुन थरका एक व्यक्तिले भारत पुर्याएको बताएका छन ।
उद्धार गरिएका बालिकाको वुवा नभएको र बालहरुको आमा नभएको स्थानिय एक व्यक्तिले नयाँ कोर्सलाई जानकारी दिए ।

Nabintech