११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको ‘स्कुलिङ’ जारी


नेकपा माओवादी केन्द्र कोहलपुरले एक हप्ते कार्यकर्ता स्कुलीङ (प्रशिक्षण तालिम) जारी छ ।
स्कुलिङमा कोहलपुर नगर क्षेत्रका ८० बढि वडा स्तरीय कार्यकर्ताहरुको सहभागिता रहेको छ । आईबार देखि सुरु भएको स्कुलिङ १६ गतेसम्म सञ्चालन हुने माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा माक्र्सवादी शिक्षा दिईने नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानिले जानकारी दिए ।
प्रशिक्षण सञ्चालनको दोस्रो दिन तुलाराज बिष्ट बिहानी,रेणुका खडका र अर्जुन पौडेलले प्रशिक्षण दिएका थिए ।

माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले सिद्धान्तनिष्ट कार्यकर्ता निर्माणमा स्कुलिङ सहयोगी हुने धारणा राखे । उनले माओवादीमा बैचारीक धार कमजोर भयो भन्ने चिन्ता भईरहेकाले बिचारस्तर उकास्न स्कुलीङ सहयोगी हुने धारणा राखे ।

स्कुलिङ कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता न्यौपानले प्रशिक्षण कार्यक्रमले कार्यक्रर्तामा नयाँ उर्जा थपिएको धारणा राखे । उक्त अभियान वडा हुदै सेल कमिटीसंम्म लगिने धारणा राखेका थिए ।

Nabintech