११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
समावेशिताको मुद्धा माओावादीको हो : अध्यक्ष खरेल

टोल टोलमा पुग्दै अनेमसंघ क्रान्तिकारी



नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपी खरेलले समाबेशिता,समानुपातिक सहभागिताको मुद्धा माओवादीको मुद्धा भएको बताएका छन ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेको जिल्ला समिती बैठकलाई सम्बोधन गर्दै नेता खरेलले उक्त कुरा बताएका हुन । उनले माओवादी हरेक कमिटीमा ३५ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुने भन्दै हरेक कमिटीमा अनिवार्य महिला सहभागिता गरिएको जानकारी दिए ।
सबैखाले कुरीती बिरुद्ध माओवादी निर्मम भएर लड्ने बताउदै खरेलले एकल महिलाको भत्ता, सुत्केरी स्याहार लागायतका लोकप्रिय कार्यक्रम माओवादी सरकारले सुरु गरेको बताए । उनले हरेक टोल टोलमा क्रान्तिकारी महिलाको कमिटी गठन गर्न निर्देशन दिए ।


कार्यक्रममा महिला नेतृ एंव प्रदेश साँसद उषा पुनलले क्रान्तिकारी महिला संगठन मजबुद भएमा महिला हिंसा,घरेलु हिंसाका घटनामा कमि आउने बताईन । उनले टोल टोलमा पुगेर संगठन निर्माण गर्न निर्देशन दिईन ।
कार्यक्रममा संबिधान सभा सदस्य अन्जना थारुले पनि महिला मैत्रि संबिधान निर्माणमा माओवादीको ठुलो योगदान रहेको बताईन । कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँके ईन्चार्ज रेणुका खड्काले अखिल नेपाल महिला संघ क्रान्तिकारी महिलाको साथी भएको बताईन । उनले संगठनले सबैखाले हिंसाका बिरुद्धमा महिलाहरुलाई संगठिन गर्दै आएको बताईन । उनले कोरोना महामारीमा समस्यामा परेका महिला तथा बालबालिकालाई पनि बिभिन्न खाले सहयोग पुर्याउदै आएको बताईन ।
क्रान्तिकारीकी जिल्ला संयोजक फणा सर्माको अध्यक्षतामा भएको बैठकले संगठन निर्माण अभियान घोषणा गरेको छ । अध्यक्ष शर्माका अनुसार अभियान अन्र्तगत हरेक टोलमा संगठन निर्माण गरिने छ ।

Nabintech