११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नाम उपभोक्ताको काम ठेकेदार कम्पनीको


असारको सुरुवातमा परेको पानिले डुडुवा नाला कटान गरेर कोहलपुर १० को एकतानगर बस्ती जोखिममा पर्यो । केही स्थानीय बासिन्दाहरु कटान नियन्त्रणका लागि प्रभावकारी कदम चालिदिन माग गरे ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले स्थलगत निरीक्षण पछि कटान नियन्त्रणका लागि काम गर्न भन्दै उपभोक्ता समिती निर्माण गरेर आउन आग्रह गरे । स्थानियको एक भेलाले रत्न बिर रावत (रोशन रावत) को अध्यक्षतमा ९ सदस्यीय उपभोक्ता समिती गठन गर्यो ।


उपभोक्ता समितीले निर्माण कार्य सुरुवात गर्नका लागि सम्पुर्ण प्रक्रिया सुरु गरिसकेपछि एक्कासी एक निर्माण व्यवसायी निर्माण समाग्रि झार्न सुरु गरे ।
उपभोक्ता समितीका अध्यक्ष रावतले आफुहरुलाई जानकारी बिना निर्माण कार्य सुरु गरेपछि सोधी खोजि गर्दा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको सिफारीसमा खड्का निर्माण सेवाले काम सुरु गरेको जानकारी पाएको नयाँ कोर्सलाई बताए । ठेकेदार कम्पनीले काम सुरुवात गरेको बारे नगर प्रमुख लुट बहादुर रावतलाई जानकारी गराउदा प्रमुख रावतले उपभोक्ता समिती काम रेखदेख गर्ने मात्रै भएको बताएको उपभोक्ता समितीका अध्यक्ष रावतको भनाई छ । हेभि उपकरणहरु चाहिने भएकाले नाम मात्रको उपभोक्ता समिती गठन गरिएको जानकारी पाएको उनको भनाई छ ।
उपभोक्ता समितीले १ सय २० मिटर नाली र तटबन्ध निर्माण गर्नका लगि ५९ लाखमा सम्झौता गरेको छ । जस मध्ये झण्डै ६ लाख जन श्रमदान गर्नु पर्ने उल्लेख छ । तर उपभोक्ता समितीले सम्झौता समेत गरेर कार्यआदेश समेत लिएको अवस्थामा बिचमा ठेकेदार कम्पनि भित्राईनु गलत भएको स्थानिय देबिलाल बोहराले बताए ।


कुन उद्धेश्यले निर्माण कम्पनीलाई बिचमा कामका लागि भित्राईयो भन्ने स्प्रष्ट नभएको उनको भनाई छ । उपभोक्ता समितले सम्झौता र कार्यआदेश लिई सकेपछि समितीलाई नै काम गर्न दिनु पर्नेमा त्यसो नहुनु गलत भएको उपभोक्ता समितीका अध्यक्ष रावतको भनाई छ ।
उपभोक्ता समितीका अध्यक्ष रावतले पछिल्लो समय सो ठेकेदार कम्पनी लाई भुक्तानी प्रक्रिया छिटो सुरुवात गरिदिनका लागि पटक पटक एक कर्मचारीले फोन गर्ने गरेको नयाँ कोर्षलाई बताए ।
उपभोक्ता समितीले कार्यदेश लिएको काम ठेकेदार कम्पनीलाई जिम्मामा दिनु गैर कानुनी हुने जानकारहरुको भनाई छ । रकमको चलखेलका आधारमा ठेकेदार कम्पनीलाई काम दिईएको हुनसक्ने उनको बुझाई छ ।
सो बारेमा बुझ्नका लागि कोहलपुर नगरपालिका योजना अधिकृत अग्नी आचार्यसंग फोन सम्पर्कको प्रयास सफल हुन सकेन ।
निर्माण व्यवसायी टेक बहादुर खड्काले आफुले डुडुवा खोलामा नालि निर्माणको काम गरेको नयाँ कोर्सलाई बताए । उनले उपभोक्ता समिती संगको सहकार्यमा काम गरेको दाबि गरे ।

 

 

Nabintech