११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरबाट हराएका बाल बालिका भारतको बरेलीमा

वडा अध्यक्ष तिरथ राम थारुले उद्धारका लागी पहल लिए



६ महिना अघि कोहलपुर नगरपालिका वडा नं ४ बाट हराएका ३ बाल बालिका भारतको बरेलीमा फेला परेका छन । कोहलपुर ४ का ७ देखि ९ बर्षका २ बालक र १ बालिका भारतको बरेली स्थीत एक बाल गृहमा भेटिएको कोहलपुर वडा नं ४ का वडा अध्यक्ष तिरथ राम थारुले जानकारी दिए ।
उनिहरु संगै बैतडीका १ र दाङका १ गरि थप दुई बालक पनि सोही बाल गृहमा राखिएको वडा अध्यक्ष थारुले जानकारी दिए । उनिहरु १० देखि १३ बर्षका छन । ति बाल बालिकको उद्धार गरि नेपाल ल्याउनका लागि बाल गृहमा पुगेका कोहलपुर ४ का अध्यक्ष थारु लगागयतको टोलि रित्तो हात फर्केको छ । अध्यक्ष थारुका अनुसार बाल गृह प्रशासनले भारतिय दुतावासको चिठी बिना ति बालकलाई हस्तान्तरण गर्न नसकीने बनाएपछि रित्तो हात फर्किएको वडा अध्यक्ष थारुले जानकारी दिए । आफ्नो व्यक्तिगत लगानिमा ति बाल बालिकालाई उद्धार गरि स्वदेश फिर्ता गर्नका लागि वडा अध्यक्ष थारु बरेली पुगेका थिए । भारतिय प्रहरी र न्यालयसंगको छलफल पछि पनि बच्चाहरु ल्याउन नसकिएको उनको भनाई छ ।
भारतिय दुतावासको पत्र सहित केहि दिनमा उनिहरुलाई उद्धारको तयारी भई रहेको अध्यक्ष थारुले जानकारी दिए ।
कसरी पुगे ति बाल बालिका भारत
उद्धारका लागी भारतको बरेली पुगेर फर्किएका कोहलपुर वडा नं ४ का वडा अध्यक्ष तिरथ राम थारुका अनुसार ६ महिना अघि कोहलपुर बाट हराएका ति बालकहरु एक भारतिय ट्रकमा बरेली पुगेका हुन । बरेली बजारको २÷३ किलोमिटर यतै भारतीय ट्रकले ति बाल बालिकालाई ट्रक बाट झारिदिएको थियो ।
ट्रकले झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिडीरहेका उनिहरुलाई भारतिय प्रहरीले उद्धार गरेर एक स्थानिय संरक्षण सस्थाको जिम्मा लगाएको थियो । संरक्षण सस्थामा रहेका मध्ये बैतडीका १३ बर्षिय बालक संरक्षण संस्था छोडेर भागेका थिए । लक डाउनको समय भएकाले प्रहरी पुनः उसलाई फक्राउ गरि हाल बाल गृहमा राखेको वडा अध्यक्ष थारुले जानकारी दिए ।
म्हिला तथा बालबालिका संरक्षणका क्षेत्रमा काम गर्दै आएको माईती नेपाल नेपालगंजका अध्यक्ष केशव कोईरालले ५ बालबालिका भारतको बरेली स्थित बाल गृहमा रहेको भन्ने सुचना आफुसंग आएको जानकारी दिए । कोइरालाले भारतिय बाल संरक्षण समिती संगको सहकार्यमा नेपाल ल्यायउने प्रयास भई रहेको बताए ।

वडा अध्यक्ष थारुका अनुसार कैलाली पुर्नवास घर भई हाल बरेलीमा बस्ने एक नेपाली स्थानिय समाचार हेरेपछि ५ नेपाली बच्चा बरेली बाल गृहमा रहेको थाहा पाएका थिए । ति नेपालीले आफुले चिनेका बैतडीका जनप्रतिनिधी मार्फत कोहलपुर नगरपालिका वडा ४ का अध्यक्ष तिरथ थारुलाई बच्चाको फोटो सहितको सुचना पाठाएका थिए । सोहि सुचनाको आधारमा वडा अध्यक्ष थारु भारतको बरेली पुगेर बाल बच्चालाई भेटनुका साथै नेपाल ल्याउनका लागि पहल सुरु गरेका हुन ।

Nabintech