९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा बाँके क्षेत्र नं १ को भिडियो कन्फ्रेन्स


विश्व व्यापी फैलिएको कोरोना महामारीको जोखिम कम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके क्षेत्र नं १ ले बिशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहिवार भिडियो कन्फ्रेन्स गदै क्षेत्रिय कमिटिका पदाधिकारीहरुले महामारिको जोखिम कम गर्न नेकपाको तर्फ बाट बिशेष अभियान सञ्चालन गर्ने निर्णय भएको क्षेत्र नं १ का संयोजक सुर्य ढकालले जानकारी दिए ।  बिशेष अभियान सञ्चालन गर्नका लागि नेकपाका क्षेत्र नं १ का ईन्चार्ज प्रकास सुबेदी चन्द्रकान्तको संयोजकत्वमा २१ सदस्यीय समिति निर्माण गरिएको संयोजक ढकालले नयाँकोर्स लाई जानकारी दिए ।

बैठकले पार्टी सदस्यहरु बाट आन्तरीक सहयोग संकलन गरेर जोखिम युक्त क्षेत्रहरु लाई सेनेटराईज गर्ने , जनता लाई सेल्फ क्वारेटाईमा बस्न आग्रह गर्ने र बिदेश बाट भरखरै नेपाल फर्किएका हरु लाई सेल्फ क्वारेन्टाईनमा राखेर बिशेष निगरानि गर्ने निर्णय भएको प्रदेश १ ख का ईन्चार्ज नरेन्द्र न्यौपानेले जानकारी दिए । बैठकमा नेकपा कोहलपुर अध्यक्ष बसन्ती अधिकारी,नगर सहईन्चार्ज तेज प्रसाद चापागाँई,राप्ती सोनारी सहईन्चार्ज मञ्जु रोकाय,बाँके प्रदेश १ ख का सचिव रेणुका खड्का,अध्यक्ष अब्दुल हुसेन खाँ, प्रदेश २ क का ईन्चार्ज प्रेम भुषाल, प्रदेश १ ख का ईन्चार्ज नरेन्द्र न्यौपाने,प्रदेश १ क का ईन्चार्ज पुजन विश्वकर्मा बाँके निर्वाचन क्षेत्र नं १ का ईन्चार्ज प्रकाश सुवेदी सहभागी थिए ।

बैठकले क्षेत्र नं १ का सबै ३० वटै वडामा अध्यक्ष र ईन्चार्जले प्रविधिको उच्चतम प्रयोग गरि पार्टीका नेता कार्यकर्ता मार्फत आम जनतालाई साबुन पानीले हात धुने ,भिडभाडमा नजान र सेल्फ क्वारेन्टाईनमा बस्न अपिल गर्ने र कालो बजारी न्युनीकरणका लागि स्थानिय सरकार र प्रहरी सँग समन्वय गर्ने निणर्य गरेको छ । सकटका समयमा नेपाल सरकारले देखाएको संवेदनशिलता र सकृयता प्रति धन्यवाद दिएको छ ।

बैठकले बाँके क्षेत्र न १ भित्र रहेका सरकारी तथा निजी अस्पताल तथा स्वाथ्य चौकीहरुमा काम गरिरहेका स्वस्थ्य कर्मीहरुलाई पुग्नेगरि पिपिई उपलव्ध गराउन नेपाल सरकार,प्रदेश सरकार र स्थानिय सरकारसग जोडदार माग गरेको नेता न्यौपानेले बताए ।

Nabintech