११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादीको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीको टुंगो लगाउने


काठमाडौं/सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्‍ने स्थायी कमिटी बैठकमा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ ।

मन्त्रिपरिषद्‌ विस्तार र नयाँ मन्त्रीको नामावलीको बारेमा यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । सोही छलफलपछि माओवादी केन्द्रले आज सरकारमा जाने थप मन्त्रीको टुंगो लगाउन लागेको हो ।

Nabintech