१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ती रद्द गर्ने देउवा सरकारको निर्णय


सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीले नियुक्त गरेका ११ देशका राजदूत नियुक्तीको निर्णय रद्द गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले ओली नेतृत्वको सरकारले गत वैशाख २५ गते गरेको राजदूत नियुक्ती रद्द गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले बहराइनका लागी युवराज कार्की,अष्ट्रियाका लागी निर्मलराज काफ्ले,इजिप्टमा जिवनप्रकाश श्रेष्ठ,कृष्णचन्द्र शर्मा साउथ कोरिया,सुम्निमा तुलाधार अष्ट्रेलिया,रमेश चन्द्र पौडेल श्रीलंका,नारायण प्रसाद संग्रौला म्यानमार र कुलप्रसाद नेपाल ब्राजिलका लागी राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । जसमध्ये काफ्ले र श्रेष्ठ परराष्ट्रमन्त्रालयका सहसचिव हुन बांकी सवै राजनीतिक कोटाबाट राजदूत सिफारीस भएका थिए ।

त्यसैगरी सुमित्रा सुवेदी डेनमार्क,मिराज मुसलमान साउदी अरेविया र जंगबहादुर चौहानलाई रसियाको राजदूत बनाउने निर्णय ओली सरकारले गरेको थियो । तर, उनिहरुमध्ये केहीको नियुक्ती विवादमा समेत आएको छ ।

देउवा नेतृत्वको सरकारले ११ जनाकै निर्णय रद्द गर्ने निर्णय गरेको स्रोतले बतायो । यसअघि ओली नेतृत्वको सरकारले समेत माओवादी केन्द्रले सिफारीस गरेका राजदूतहरुलाई फिर्ता बोलाएको थियो ।

Nabintech