१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
१६ वटा राँगासहित दुई ब्यापारी पक्राउ, झुटो आरोप लगाइएको ब्यापारीको जिकिर


बर्दिया । नेपालमा विक्री वितरणका लागी अवैध रांगा ल्याएको अभियोगमा पक्राउ परेका व्यापारीहरुले आफुहरु अन्यायमा परेको बताएका छन । स्वदेशमै खरिद गरी राँगो विक्रि गर्न लाग्दा आफुहरुलाई झुट्टा अभियोग लगाइएको ब्यापारीहको जिकिर छ ।

गुलरिया नगरपालिका ११ निवासी ३३ वर्षीय अब्दुल सलाम गद्दीले असार ३१ गते बारबर्दिया १० बैदाबाट १६ वटा राँगा खरिद गरि गुलरिया ल्याएका थिए । गुलरिया नगरपालिका वडा नम्बर ८ स्थित पशुहाट बजारमा बाँधी राखेको समयमा एक्कासी प्रहरी, प्रशासन लगायतको टोलीले छापा मारी पक्राउ गरेको अब्दुल सलामले बताए ।

राँगा खरिद विक्री गर्न चाहिने अवश्यक सिफारिस पत्र सहितको कागजात आफुले साथमा नराखेको तर १० मिनेटमा पेश गर्ने अनुरोध गर्दा पनि प्रहरीले नमानेको अब्दुल सलामले गुनासो गरे । उनले भने “प्रहरीले भन्यो अहिले केही हुँदैन भोली विहान ११ बजे कागजात ल्याउनु अनि छोड्छौं भनि बलजफती गरि लगियो । तर खै किन हो साँझ ६ बजे पक्राउ गरिएका राँगा १ घण्टा भित्रै ७ बजे भंसार कार्यालय लगियो उनले भने ।” उनि भन्छन “बारबर्दियाको बैदाबाट खरिद गरेर ल्याएको राँगालाई भारतबाट चोरी गरि ल्याएको भन्दै कागज गर्न लगाइयो । बेच्ने मान्छैसंगै छन । अझै पैसा पनि पुरा तिरेको छैन तर प्रहरीले भंसारमा बुझायो ।” उनले दुखेसो पोखे ।

बारबर्दिया नगरपालिका वडा नम्बर १० वडा कार्यलयले राँगा अब्दुल सलाम गद्धिले खरिद गरेको भनि सिफारिस पनि गरिदिएको छ । आफनै व्यापार व्यवसाय ढुक्कसाथ गर्न नपाउनु निन्दनीय भएको व्यापारी अब्दुल सलामको भनाई छ ।

गुलरिया ८ मा बाँधी राखेको स्थानमा पक्राउ गर्ने तर कागजमा भारतबाट चोरी गरि ल्याइएको भनि लेख्नु नियतबस जानाजान फँसाउन खोजिएको उद्योग बाणिज्य संघ बर्दियाका निवर्तमान अध्यष विरु चैधरीले आरोप लगाए । चौधरीले भने “यदि भारतबाट ल्याएको हो भने सिमा क्षेत्रमा यति ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन उनिहरुले के हेरेर बसेका थिए रु प्रहरी प्रसासनले खै ध्यान दिएको रु”

यता जिल्ला प्रहरी कार्यलय बर्दियाले भन्सार छली ल्याइएका १६ वटा राँगासहित गुलरिया नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले नियमित रुपमा प्रकाशित गर्ने विज्ञप्ती मार्फत भारतबाट भन्सार छली चोरी पैठारी गरी राँगा ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषी तथा पशुपंक्षी विकास कार्यालयसहितको संयुक्त टोलीले उनिरुलाई राँगासहित पक्राउ गरेको जनाएको छ । यस विषयमा अनुसन्धनका लागी आवश्यक कागजात जुटाई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको भन्सार कार्यलय गुलरियाका प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए ।

Nabintech