११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वाईसीएल बाँके संयोजक कार्कीको आमाको हत्या


बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न आएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार धाराको ह्याण्डीलले टाउकोमा हानेर कार्कीको हत्या भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । आफ्नै ओछ्यानमा सुतिरहेको अवस्थामा कार्कीको हत्या गरी हत्याराले उनको साथमा रहेको गरगहना र केही नगद समेत लगेर गएको खनालले बताए । यद्यपी के कारणले हत्या गरीएको भन्ने बारे अझैं खुल्न नसकेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको खनालले जानकारी दिए ।

कार्कीको शव पोष्टमाटमकालागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

Nabintech