२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुग्ध बिकास संस्थानले ५३ औं बार्षिक उत्सव मनायो


दुग्ध बिकास संस्थानले आफ्नो ५३ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बार्षिक उत्वसकै अवसरमा शुक्रवार दुग्ध बिकास संस्थान नेपालगंज दुग्ध बितरण आयोजना कोहलपुरले एक औपचारीक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपालगंज दुग्ध बितरण आयोजना प्रमुख योगेन्द्र शाहले किसान र उपभोक्ताको निरन्तरतको मायाले संस्थानले ५३ औ बर्षिक उत्सव मानाउन पाएको बताए ।
उनले गुणस्तरीय दुग्ध पदार्थका लागि डिडिसी आफ्नो अलग्गै ब्राण्ड बनाउन सफल भएको बताए । उनले नेपालगंज गुग्ध बितरण आयोजना कार्यालय कोहलपुरमा छिटै पाउडर प्लान्ट स्थपना गर्ने तयारी भई रहेको जानकारी दिए । उनले पाउडर प्लान्ट स्थापना पछि मिल्क होलिडे लगायतका समस्या समाधान भएर जाने धारणा राखे ।
कार्यक्रममा कोहलपुर नगर पालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुरमा रहेको कार्यलयका लागि स्थानिय सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । उनले दुग्ध ढुवानीको ट्यांकर खरिदका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा कार्यालयका कर्मचारी , किसान , लगायतको सहभागिता रहेको थियो । बार्षिक उत्वका अवसरमा नेपालगंज कार्यालय परिसरमा बृक्षरोपण , र अन्य अतिरीक्त क्रियाकलाप समेत गरिएको प्रमुख शाहले नयाँ कोर्सलाई बताए ।

Nabintech