१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सञ्चार क्षेत्रमा अपारदर्शी कोहलपुर नगरपालिका

कोहलपुरमा सञ्चार क्षेत्रका लागि बजेट कती ?



कोहलपुर/कोहलपुर नगरपालिकाले सञ्चार क्षेत्रमा खर्च गर्ने बजेट अपारदर्शी तरिकाले खर्च गर्ने गरिएको पाईएको छ । गत आर्थिक वर्षमा सञ्चारग्राम निर्माण शिर्षकमा छुट्याईएको १० लाख, मिडिया हाउसको क्षमता बिकास लागि छुट्याईएको ५ लाख र सञ्चारकर्मीको क्षमता बिकासका लागि छुट्याईएको ३ लाख कहाँ र कसरी खर्च भयो भन्ने कुरा कोहलपुरका सञ्चारकर्मीहरु समेत जानकार छैनन् । संस्थागत रुपले नेपाल पत्रकार महासंघसँग साझेदार गरेर ति कार्यक्रमहरु गर्ने गरिएको भएपनि यस वर्ष भने आफु अनुकुलका केही मिडीयाहरुको प्रबद्र्धनमा खर्च गरिएको कोहलपुरका आम पत्रकारहरुको बुझाई रहेको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं काँचुली खबर अनलाईनका सम्पादक संगिन शर्माले मिडिया क्षेत्रमा कति बजेट काँहा र कसरी खर्च गरियो भन्ने बारे आफु बेखबर रहेको बताए । आफुले संस्थागत रुपमा कोहलपुर नगरपालिकासँग समन्वय गरेर कोहलपुर क्षेत्रका मिडीया र सञ्चारकर्मीको बिकासका लागि बजेट खर्च गर्ने राय दिएको भएपनि सो कार्यान्वयन नगरिएको शर्माले गुनासो गरे ।
कोहलपुरका अगुवा पत्रकार चेतकान्त भट्टराईले सञ्चार क्षेत्रका लागि छुट्याईएको बजेट खर्च गरीएको बारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले स्थानिय सञ्चार माध्यामको बिकास र कोहलपुर क्षेत्रमा संचारग्राम निर्माणकालागि बजेट बिनियोजन गर्न आफुहरुले प्रस्ताव गरेको भएपनि त्यो बजेट कहाँ खर्च गरियो भन्ने आफुलाई जानकारी नभएको बताए । भट्टराईले सञ्चारग्रामका नाममा बर्षेनि पैसा बिनियोजन गर्ने गरिएको भएपनि सञ्चार ग्राम निर्माण सम्वन्धी कार्यबिधी नै नवनाउने र सो रकम अपारदर्शी तवरले अन्यत्र खर्च गर्ने गरिएको बताए । अघिल्लो वर्षको बजेट अपारदर्शी तवरले खर्च गरेको नगरपालिकाले यस वर्ष भने अधिल्लो वर्षको तुलनामा निकै कम बजेट बिनियोजन गरेको कोहलपुर नगरपालिका श्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार अघिल्लो वर्ष १० लाख छुट्याए पनि कामै सुरु नभएको सञ्चारग्राम निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा ५ लाख मात्रै बजेट बिनियोजन गरीएको छ । त्यसैगरी कोहलपुरका पत्रकारहरुको दुर्घटना बिमा गर्ने भन्दै २ लाख ५० हजार र कोहलपुर क्षेत्रका पत्ररकारहरुको लेखनबृद्धिका लागि १ लाख ५० हजार बजेट छुट्याएको छ ।
सो बाहेक कोहलपुर क्षेत्रका रेडियोहरुको बिकास भनेर अलग्गै १० लाख बजेट बिनियोजन गरेको कोहलपुर नगरपालिका श्रोतले जानकारी दिएको छ । कोहलपुर नगरपालिकाले हालसम्म तिन दर्जन बढि कानुन निर्माण गरेको भएपनि सञ्चार नीती निर्माण गरेको छैन । सञ्चार नीति कोहलपुर नगरपालिकाको प्रथमिकतामा नपरेका कारण हालसम्म सञ्चार मैत्री बन्न नसकेको कोहलपुरका पत्रकारहरुको बुझाई रहेको छ ।

Nabintech