६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सामुदायिक वन उपभोक्ता महासंघको भिडियो कन्फ्रेन्स बैठक

क्वारेन्टाईनका लागि देशभरका १४ सय सामुदायिक बनका भवनहरु उपलव्ध गराउने निर्णय



 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रिय सचिवालय र प्रदेश अध्यक्षहरुको भिडियो कन्फ्रेन्स मार्फत संयुक्त बैठक सम्पन्न भएको छ ।

भिडियो कन्फ्रेन्स बैठकमा बनको निति तथा कार्यक्रम,सामुदायिक वनको सवाल र विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को वारेमा बृहत छलफल भएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ कि अध्यक्ष बसन्ति अधिकारीले नयाँ कोर्सलाई बताई ।

बैठकले क्वारेन्टाईनका लागि देशभरका १४ सय सामुदायिक बनका भवनहरु उपलव्ध गराने निर्णय गरेको छ । सरकारले घोषणा गरेको कोरोना (कोभिड १९) राहात कोषमा रकम जम्मा गर्न देश भरका सामुदायिक वनहरुलाई आवहान गरिएको अधिकारीले बताईन् । महासंघले एक द्धार निति बनाई सबै सामुदायिक वनहरुबाट संकलन गरिएको रकम सरकारलाई हस्तानतरण गर्ने सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ कि अध्यक्ष अधिकारीले बताईन् ।
बैठकले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) बाट बच्न सवै सजक र सेल्फ क्वारेन्टाइनमन बस्न सबैमा आग्रह गरेको छ ।

Nabintech