११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका फेरि विवादमा,कार्यकर्ताको भर्ती केन्द्र बन्दै नगरपालिका


कोहलपुर/कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ । नगर प्रमुख लूट बहादुर रावतको ठाडो आदेशमा कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो ।
रातारात कोहलपुर नगरपालिका वडा नम्बर १४ का तिल कुमारी बि.क.लाई वडा नम्बर १५ को वडा कार्यालयमा कार्यालय सहयोगि नियुक्ति गरे पनि वडा नम्बर १५ को वडा कार्यालयले थप कर्मचारीको आवश्यक्ता नपरेको प्रतिक्रिया दिएपछि नगर प्रमुख लूट बहादुर रावतको ठाडो आदेशमा कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेको कुरा बाहिएिको थियो ।
कुनै पनि कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना प्रकासित गरि प्रतिस्पर्धाको आधारमा नियुक्ति गरिन्छ तर,सबै प्रक्रिया र विधि पद्धतिलाई चुनौति दिदै रातारात कर्मचारी नियुक्ति गर्नुले कोहलपुर नगरपालिकाको सुशासनको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिब भुम भण्डारीको बुझाई छ ।
वडा नम्बर १५ को वडा कार्यालयले थप कर्मचारीवको आवश्यक्ता नपरेको प्रतिक्रिया दिएपछि अहिले नगर स्वास्थ्य कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगिलाई वडा कार्यालययमा पठाउने र नयाँ कर्मचारी बि.क.लाइ नगर स्वास्थ्य कार्यालयमा राख्ने तयारी भैरहेको नगरपालिका स्रोतले नयाँ कोर्सलाई जानकारी दियो ।
नगर प्रमुख रावतको ठाडो आदेशमा नियुक्ति गरिएकी बि.क.का विषयमा केहि राजनीतिक दल र सामाजीक अभियान्ताको दवाबमा उनको निवेदन माथि कुनै जिम्मेवारी र नियुक्ती नदिन प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलले तोक आदेश गरेको र, सार्वजनिक सूचना प्रकासित नगरि खरिद ऐन भन्दा बाहिर गएर कार्यकर्तालाई नियुक्ति गरेकाले नगर प्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत पौडेललाई यस्तो गलत काम नगर्न आग्रह गरिएको भण्डारीले बताए ।
कोहलपुर नगरपालिकालाई राजनीतिक कार्यकर्ता भर्ति गर्ने भर्ती केन्द्र नबनाउन र विधि पद्धती भन्दाबाहिर गएर अराजकता प्रदर्शन नगर्न चुनैति दिदै बारम्वार यस्ता गल्तिहरु दोहोरीरहेकाले कोहलपुरबासिहरु चुप लागेर नबस्ने भण्डारीको भनाई छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले बि.क.लाई करारमा नभएर दैनिक ज्यालादारीमा नियुक्ति गरेको स्वीकार गरे । ज्यालादारीमा नियुक्ति पाएकी उनलाई स्वास्थ्यमा जिम्मेवारी तोकिएको समेत बताए ।

 

Nabintech