११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको संघिय सरकारमा प्रतिनिधित्व गराउनु पर्ने माग


कोहलपुर/ शेर बहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भए संगैं बाँकेले संघिय सरकारमा प्रतिनिधीत्व गर्न पाउने माग चर्को रुपमा उठेको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट बाँके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज अथक लाई संघिय सरकारको मन्त्री बनाउन जनस्तर ,समाजिक सञ्जाल , र समाजिक संघ सस्थाका तर्फबाट चर्को रुपमा आवाज उठेको छ ।
भुमिगत कालदेखी नै माओवादी राजनितीमा सक्रिय भएर बाँके र बर्दियामा माओवादी आन्दोलनको नेतृत्व गरेका अथक जुझारु एंव बिकास प्रेमी नेताको रुपमा आफ्नो छबि बनाएका छन । पहिलो पटक संघिय सांसद बनेका अथकले बाँकेको नरैनापुर र राप्ती सोनारी क्षेत्रमा झण्डै २० बर्ष देखी रोकीएको बिधुतिकरणका काम सम्पन्न गरेर जनताको घर घरमा बिधुतसेवा पुर्याए पछि बिकास प्रेमी नेताको छबि बनाएका छन । राप्ती सोनारी र बघौडा क्षेत्रमा हाल अथककै पहलकदमीमा बिधुत सेवा , सडक सुबिधा , क्याम्पस तथा बिद्यालय भवन,पुल लगायतका एक दर्जन बढि दिर्धकालीन महत्वका योजनाहरु केही सञ्चालनमा छन केही सम्पन्न भई सकेका छन ।
अथककै पहलमा बाँके क्षेत्र नं १ मा टिनको छानो रहित बिद्यालय बनाउने अभियान द्रुत गतिमा अगाडी बढेको छ भने हरेक पालिकामा कम्तीमा १ प्राबिधीक धारका बिधालय सञ्चालन भई रहेका छन । जिल्लाको बिकट मानिएको नरैनापुरमा पनि हाल कृषिधारको बिद्यालय सञ्चालनमा छ । बिकास पहुचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका अथक सांसद भईसके पश्चात हरेक महिना आफ्रनो निर्वाचन क्षेत्रका जनतासंग भेटघाट गर्न आईरहन्छन । सरल स्वभावका नेता अथक एकपटक मन्त्री बनेमा समग्र बाकेको बिकासहुने बाँकेका नागरिकको भनाई रहेको छ ।
नेपालगंज उद्योग बाणिज्य सघका अध्यक्ष अब्दुल वाहीद मन्सुसी चुन्नाले बाँकेले यस पटक संघिय सरकारमा प्रतिनिधीत्व पाउनु पर्ने दाबि गरे । उनले नेपालगंज औधोगिक करिडोर निर्माण , नेपालगंजमा अन्तराष्ट्रीय बिमान स्थल निर्माण , राप्ती कटान तथा डुवान नियन्त्रणका लागि दिर्घकालीन योजना कार्यन्यनका लागि अथक उपयुक्त पात्र हुने उनको भनाई छ ।
नेपाल उद्योग बाणिज्य महासघका केन्द्रीय सदस्य एंव कोहलपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष चक्र बहादुर अधिकारीले बाँके लाई औधोगिक नगरका रुपमा बिकास गर्न , पर्यटन क्षेत्रको बिकास लाई प्राथमिकतामा राख्न र नौवस्ता औधोगिक क्षेत्रको काम द्रुत गतिमा अगाडी बढानउन यस पटक बाँकेले संघिय सरकारमा प्रतिनिधीत्व हुनु आवश्यक रहेको धारणा राखे ।
उनले संघियता संगै पछाडी पारिएको क्षेत्रका बिकासका लागि पनि यस पटक बाँकेको प्रतिनिधीत्व आवश्यक रहेको धारणा राखे । उनले त्यसका लागि बाँके क्षेत्र नं १ बाँट प्रतिनिधीत्व गर्ने संघीय साँसद महेश्व गहतराज अथक उपयुक्त पात्र भएको बताए । उनले अथकले बिकास प्रेमी नेताका रुपमा पहीचान बनाएको धारणा समेत राखे ।
दलित सेवा संघका केन्द्रीय अध्यक्ष ईस्वरी प्रसाद बिकले पनि दलित समुदायको जुझारु प्रतिनिधी र बिकास प्रेमी नेता महेश्वर गहतराज अथक लाई संघिय सरकारको मन्त्री बनाउन आवश्यक रहेको धारणा राखे ।उनले समाबेशीता लाई व्यवाहारीक रुपमा उतार्न अथक लाई क्याबिनेट मन्त्री बनाउनु पर्ने उनको भनाई रहेको छ ।
बिद्यार्थि राजनित संगै माओवादी आन्दोलनमा होमिएका महेश्वर गहतराज अथक माओवादी आन्दोलन भित्रका स्वच्छ छवि रहेका एक ईमान्दार नेताको रुपमा आफुलाई चिनाउन सफल भएकाछन । युद्धकालमा बाँके र बर्दियामा नेतृत्व संकट परेका बेला उनले बाँके र बर्दियाको नेतृत्व गरेर माओवादी आन्दोलन लाई बचाई राखेका थिए ।


ज्ञाम प्रसाद चालिसे आयाम लगायत यस क्षेत्रका नेताहरुको हत्या भई सके पछि अथकले बाँके बर्दियाको कुशलाता पुर्वक राजनैतिक नेतृत्व गरेको माओवादी केन्द्रका युवा नेता एंव अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष नरेन्द्र न्यौपाने बताउछन ।
युद्ध कालमा मात्रै होईन शान्तिकालमा माओवादी आन्दोलन पटक पटक फुटको अवस्थामा पनि अबिचलित रुपमा संस्थापन लाईनमा रहेर माओवादी आन्दोलनको मुल धार लाई बचाई राख्ने काम गरेका थिए । मोहन बैधले पार्टी फुटाएको अवस्थामा अधिकाँस दलित नेताहरु बैधको पार्टीमा लाग्दा समेत अथक संस्थापन मै रहेर राजनितीमा संक्रिया रहि रहे ।
पार्टी फुटको अवस्थामा अधिकांस दलित नेताहरु मोहन बैधको पक्षमा लाग्दा समेत अबिचलीत रुपमा संस्थापनमा रहेर आन्दोलनको नेतृन्व गरेको दलित मुक्ति मोर्चाका पुर्व केन्दीय अध्यक्ष दलजित श्रीपाईली बताउछन । माओवादी आन्दोलनको मुल मर्म समाबेशीता लाई व्यवहारीक रुपमा आत्सात गर्न महेश्वर गहतराज अथक लाई संघिय सरकारमा प्रतिनिधीत्व गराउनु पर्ने श्रीपाईलीको भनाई छ ।
बाँकेका अगुवा सञ्चारकर्मीहरु समेत यस पटक बाँकेले संघिय सरकारकामा प्रतिनिधीत्व हुनु पर्ने कुरामा जोड दिदै आएका छन ।
२०२८ सालमा रुकुमको बाँफिकोट ९ कोल्चौरमा जन्मिएका महेश्वर गहतराज अथक बिद्यार्थि कालमै माओावदी आन्दोल तहमा सक्रिय रहेका थिए । बिभिन्न तहमा सक्रिय रहदै २०५९ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समिती सदस्य भएका थिए । अथक त्यसयता निरन्तर माओवादी पार्टीको केन्द्रीय नेतृतवमा रहदै आएका छन ।

Nabintech