९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘जोखिम मोल्दै प्रहरी टोल–टोलमा’

माईकिङ गर्दै घर बाहिर ननिस्कन सबैलाई अपिल



कोहलपुर/ विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को तेस्रो दिन प्रहरीले बाँकेको कोहलपुरका गााउँहरुमा माइकिङ गर्दै स्थानीयहरुलाई घर भित्र सुरक्षित बस्न आग्रह गरेको छ ।

सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन प्रहरीले माईकिङ मार्फत गर्दै सबैलाई अपिल गरेको छ । नेपाल प्रहरीले जोखिम मोल्दै टोल–टोलमा पुगेर सचेतना फैलाई रहेको छ ।

भाइरसको संक्रमण फैलिन नदिनकोलागि अपनाईएको बिधि हो । विपदको घडिमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारले ‘लकडाउन’घोषणा गरेको हो । अत्यावश्यक काम बाहेक अन्य काममा घरबाहिर ननिस्कनको लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Nabintech