२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रतिनिधिसभा विघटन : रिट निवेदकको तर्फबाट अन्तिम बहस


काठमाडौं/प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा निवेदक पक्षका कानुन ब्यवसायीको बहस सोमबार पनि जारी छ। आज रिट निवेदक तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका छन्।

जवाफी बहस शुरु गर्नुअघि इजलासले रिट दायर गर्ने पक्षका वकिलहरुलाई विभिन्न प्रश्नहरु राखेको छ।

इजलासले राखेका प्रश्नमा शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो रु, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो रु संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन्।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले १ घन्टा जवाफी बहस गरेका थिए।

निवेदकको तर्फबाट जवाफ दिनका लागि संवैधानिक इजलासले छुट्याएको समय मध्ये २ घण्टा बाँकी छ। सो समय भित्र रिट निवेदको तर्फबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्णप्रसाद भण्डारी र शम्भु थापाले अन्तिम जवाफी बहस गर्ने छन्।

निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र बहस गर्ने छ्न्। त्यसपछि फैसला हुने छ। सोही फैसला राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ।

Nabintech