११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल समूहको तयारी के छ ? हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिँदै


काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ।

एमाले केन्द्रीय समितिको असार १८ र १९ गते बसेको बैठकमा अध्यक्ष ओलीले काँग्रेस देउवालाई दिएको समर्थन फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएका थिए। उनले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए।

नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेका थिए। ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए। त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुई घण्टा बढी छलफल गरेका थिए।

एमालेका एक नेताले भने, ‘अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन। सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन। अदालतको फैसला नआउन्जेल केही हुँदैन।’ प्रतिनिधिसभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन्।

Nabintech