११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ठेलाको फलफुल फालिदिएको प्रति समाजिक सञ्जालमा तिब्र बिरोध


सडक पेटीमा व्यवसाय गर्ने एक महिलाको ठेलाको सामान नगर प्रहरीले फालिदिए पछि समाजिक सञ्जालमा कोहलपुर नगर पालिका र नगर प्रहरीको तिब्र बिरोध भएको छ ।
शुक्रवार दिउसो नगर प्रहरीले कोहलपुर चौराहामा एक ठेलामा रहेको सामान सडकमा पोखि दिएका थिए । समान पोखिदिए पछि समाजिक सञ्जामा गरिव मारा सरकार भन्दै बिरोध भएको हो ।
ठेलाका समाना फालिदिएको फोटो समाजिक सञ्जालमा पोष्ट गदै अनेरास्वबियुका केन्द्रीय सदस्य सुमन घिमीरेले एउटा गरिवले काम गरेर खान पाउछ कि नाई ? नगर प्रहरीको दादा गिरी कहिले सम्म भन्दै प्रश्न गरेको छन ।
यस्तै पत्रकार कृष्ण ओलीले गरिव मारा कोहलपुर नगरपालिका भन्दै सोही फोटो पोष्ट गरेका छन ।
कोहलपुर कै पत्रकार सुभाकर बिश्वकर्माले कोहलपुर नगरपालिकाले श्रम भुइँमा मिल्काइदियो, साँझ मेरो पेट भोको हुन्छ भन्दै फालिएका फलफुल बटुल्न लागेको फोटो पोष्ट गरेका छन ।
ति पोष्टहरुमा कोरोना महामारीका कारण हात मुख जोह गर्न गाह्रो परिरेहको बेला जिबिको पार्जन गरिरहेका हरुको पेटमा ताल हानिएको भन्दै कोहलपुर नगरपालिकाको चर्को बिरोध गरिएको छ ।

Nabintech