८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना भाइरसको संक्रमणको प्रतिरक्षा र प्रत्याक्रमणमा छापामार शौली अपनाउदै कबिर


 

बर्दिया/  विश्वमा कोरोना भाइरसले युध्द शुरु गरेको छ साम्यवादी सोचका साथ विश्वव्यापी सहकार्य गर्दै यसको समाजवादी तरीकावाट विश्व अधि बढीरहेको छ ।
यता बर्दियाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारु कबिरले नगरबासीलाई महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रतिरक्षा र प्रत्याक्रमण गर्न छापामार शौली अपनाएका छन ।
कबिरले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन युद्धस्तरमा नगरमा एमबिबिएस डाक्टर मेडिकल अधिकृत, नर्सिङ स्टाफ र फार्मेसीको नियुक्ति र मगरागडि प्राथमिक स्वास्थ केन्द्र जयनगरमा ९ बेडको आईसोलेसनका कक्ष निर्माण गरेका छन् ।
जनसेवा बहुमुखी क्याम्पस बैदीमा १० बेड, सदाशिव बहुमुखि क्याम्पस जयनगरमा १२ बेड र युवक मा. वि जोगीगाँउमा १० बेड गरी ३२ बेडको क्वारेनटाइनको व्यवस्था गरेको नयाँ कोर्सलाई बताए । नगरका ५ प्रबेस द्धार लठुवाघाट , जव्दी घाट , रम्भापुर चोक र वैदी चोकमा हेल्थ डेक्स राखिएको छ भने सबै स्वास्थ्यकमीलाई पर्सनल प्रोटेक्सन ईक्यूपमेन्ट (पिपीई)को ब्यबस्था र परिचालन गरेका छन ।
जनयुद्धका कुशल कमाण्डर रहेका कबिरले कोरोना संक्रमण रोक्न छापामार शौलीमा बारबर्दिया र मधुवन नगरपालिका जोड्ने झोलुङ्गे पुल तालाबन्दी गरिदिएका छन ।

कोरोना भाइरसबाट बच्न राज्यले लकडाउन गरेको छ भने स्थानिय प्रशासनले निषेधाज्ञा कर्फ्यु जारी गरेको अबस्थामा पनि झोलुङ्गे पुलबाट आवतजाबत गर्नेको भिडभाड नरोकिएकोले कुशुम्बाघाटको झोलुङ्गे पुल चैत १८ गते सम्मको लागि तालाबन्दी गरीएको छ । अन्य नगरका प्रबेश द्धारपनि छिट्टै रोक्ने तयारीमा रहेको नगरप्रमुख कबिरले बताए ।
स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्सन ईक्यूपमेन्ट (पिपीई)सहित को टोली बनाई बिदेशबाट र जिल्ला बाहिरबाट नगर प्रबेश गरेकाहरुको खोजी,पहिचान स्बास्थ्य परिक्षण र दैनिक ज्यालादारी गर्नेहरुको लगत समेत संकलन गरिरहेका उनले बताए ।

Nabintech