११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आइतबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ ?


काठमाडौं /केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ । जसले गर्दा जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ । आज पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्। यसैक्रममा शुक्रबार बिहान बाढी पूर्वानुमान महाशाखाले आजदेखि ३ दिनसम्म कहाँ कहाँ बाढीको जोखिम देखिएको छ भनेर आकलन सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार आज कोसी, नारायणी र यसका सहायक नदी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ भने केहीमा बाढीको मात्रा सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ। यसर्थ यी नदीका तटीय क्षेत्र तथा डुबन भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान बुलेटिन  (Weather Forecast Bulletin)

(जारी मिति) २०७८–०३–१८ बिहान ६: बजे

मौसम विश्लेषण

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा  (monsoon trough)  रहेको छ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी भारी वर्षा र एक दुइ स्थानमा अति भारि बर्षाको सम्भावना रहेको छ ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २० गते (आइतबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि संभाबना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारीर धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव  को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Nabintech