११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेरो बारेमा भ्रम फैलाईयो, म माओवादी मै क्रियासील छु : तिरथराम थारु


नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर कमिटि सदस्य तथा कोहलपुर नगरपालिका वडा ४ का अध्यक्ष तिरथ राम थारुले आफुलाई अन्य दलमा प्रबेश गरेको भन्ने प्रचार भ्रम पुर्ण भएको बताएका छन ।
बिहीवार एक प्रेस बिज्ञप्ती जारी गर्दै थारुले आफु बिगतमा पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर कमिटीको सदस्यका रुपमा क्रियासील रहदै आएको र सोही दलको चुनाव चिन्ह गोलाकार भित्रको हसिंया हथौडावाट कोहलपुर नगरपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा निर्वाचित भएको भन्दै अन्य कुनै दलमा प्रबेश नगरेको प्रष्ट पारेका हुन ।
उनले जारी गरेको बिज्ञप्तीमा परिर्वतित राजनैतिनक घटनाक्रम अनुसार माओवादी केन्द्र र नेकपा एमाले बिच भएको एकता प्रक्रियामा नेकपाको कार्यकर्ताका रुपमा क्रियासील रहेको र हाल सर्वोच्च अदालतको निर्णय अनुसार दुई पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा एमाले पुर्ववत अवस्थामा अलग अलग रहने निर्णय भएबमोजिम पुर्ववत पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पुर्ववत जिम्मेवारीमा क्रियासील रहेको कुरा सबैलाई जानकारी गराउन चाहन्छु, विज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तीमा प्रतिगामी,परिर्वतन बिरोधी र बिदेशीको ईसारमा चल्ने केपि ओली र उनको दल नेकपा एमालेसंग कुनै सम्वन्ध नरहेको र आगामि दिनमा नेकपा (माओवादी केन्द्र) प्रति जवाफदेही रहने र सोही दलको नीतिबिचार र सिद्धान्त अनुरुप राजनैतिक रुपमा क्रियासील रहने प्रतिबद्धता व्यक्तग र्दछु भनिएको छ ।
उनलाई नेकपा एमालेको केपि वली समुहले आफ्नो समुहमा आएको र उनि आफ्नो जिल्ला कमिटि सदस्य रहेको दाबि गरेको थियो ।

Nabintech