११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सादा पोसाकका प्रहरी खटाउँदिन ः एसपी अधिकारी


बाँकेका एसपी श्यामकृष्ण अधिकारीले सीमाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाउएका छन ।
पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले खुला सीमानाकाबाट हुने चोरी तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाउएका हुन ।
केहीदिन अघि मात्र बाँके प्रहरीको कमान्ड सम्हालेका  अधिकारीले बाँकेका पत्रकारहरुसङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन ।
पत्रकारहरुसङ्गको भेटघाटमा उनले आफ्नो कुनै छुट्टै नयाँ कार्ययोजना नभएको र नेपाल प्रहरीको कार्यनीति नै आफ्नो कार्ययोजना भएको बताएका छन ।

‘म कुनै नयाँ कार्ययोजनासहित आएको छैन, कुनै व्यक्ति विशेष अनुसार कार्ययोजना फरक फरक हुँदैनन् । नेपाल प्रहरीको कार्यनीति अनुसार नेपाल प्रहरीले दिएको जिम्मेवारी नै सबै प्रहरीको कार्ययोजना हो ।’ उनले भने – ‘प्रहरीका काम ठोस र निश्चित हुन्छन प्रहरीको कार्यनीति अनुसार ती सबै काम पूरा गर्ने हो ।’

बाँके जिल्ला भारतीय सिमासङ्ग जोडिएको र खुल्ला सिमा भएका कारण यहाँ हुन सक्ने चोरी तस्करीलाई रोक्नकालागि सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, पत्रकार, स्थानीय सबैसँग समन्वय गरी सबैको सहयोगमा काम काम गर्ने उनले बताए । उनले बाँकेका लागि आफू एकदमै नयाँ र नौलो भएको हुँदा पत्रकारहरुले साथ दिनुपर्ने बताए । ‘सूचनाका आधार भनेकै तपाईंहरु (पत्रकार) हो, प्रहरी एक्लैले सम्पुर्ण काम गर्न सक्दैन, मसङ्ग समन्वय गरेर मलाई साथ र सहयोग गर्नुहोस् ।’ – उनले भने ।

प्रहरी भित्र पनि विभिन्न खालका तत्वहरु भएको भन्दै उनले गलत तत्वलाई हटाउने बताए । उनले प्रहरी भित्रको गलत तत्वलाई शुद्धिकरण गर्दै लैजाने बताए । बाँके आउने बित्तिकै एसपी अधिकारीले सादा पोसाकका प्रहरी हटाएका छन । ‘यहाँ आउने बित्तिकै जिल्ला प्रहरी र मातहत कार्यालयका सबै सादा पोसाकका प्रहरी हटाएको छु, आवश्यक अप्रेसनमा खटाउने छु । कुनै अप्रेसन बिना सादा पोसाकका प्रहरी खटाउँदिन ।’ उनले भने ।
आफुलाई बाँके आउने बित्तिकै काठमाडौका केही मिडियाले यो पार्टी र उ पार्टीको मान्छे भन्दै समाचार लेखेको स्मरण गर्दै उनले भने ‘प्रहरी सेवामा लागेको २२ बर्ष पुग्यो, म अहिले कुनै पार्टीको होइन । प्रहरी सेवामा आउनु भन्दा अगाडि के थिए ? अवकाशपछि के हुन्छु ? त्यो छुट्टै कुरा हो । अहिले म प्रहरी हो ।’ उनले भने ।

एसपी अधिकारीले बाँकेका पत्रकारहरुलाई जे वास्तविकता हो त्यही लेखिदिन आग्रह गरे । ‘तपाईंहरुले मेरो बारेमा राम्रो नि नलेख्नुस, नराम्रो नि नलेख्नुस । मैले जे गर्छु अर्थात जे वास्तविकता हो त्यही लेख्नुस । मैले गरेको काम कुरामा कुनै कन्फ्युज भए आउनुस भेटेर छलफल गरौं त्यसपछि लेख्नुस ।’ एसपी अधिकारीले भने ।

Nabintech