११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरका हालका जनप्रतिनिधी र सम्बृद्ध कोहलपुरका सपना


२०७४ सालमा भएको स्थानिय चुनावमा प्राय सबै राजनैतिक दलको मुख्य नारा थियो गाउँ घरमा सिंहदरवार । अर्थात काठमाण्डौंमा अधिकार सम्पन्न सिंहदरवामा भएको अधिकार गाउँ वडा र नगर सम्म ल्याउने भन्ने नै थियो ।
२०७२ को संबिधान पछि संघियता स्वरुप गठन भएका स्थानियतह पछि अधिकार संगै बिकास र सम्बृद्धि पनि गाउँ सम्मै आउने आशा सर्वसधारणमा थियो । अधिकार सम्पन्न स्थानिय तह जसले आफ्नो बजेट,आफु अनुकुल कानुन समेत निर्माण गर्न पाउने अधिकार सहितको स्थानिय तह निर्माण पछि जन गुनासा कम हुँदै जाने कुरामा दुई मत थिएन । परिर्वतनलाई सस्थागत गर्ने आधार स्तम्भ, पहुँचका आधारमा जनतासंग प्रत्यक्ष जोडिएको स्थानिय सरकार प्रदेश र केन्द्र सरकार भन्दा पारदर्शि र जवाफदेही हुने आम मानिसले कल्पाना गर्ने कुरा स्वभाबिक कुरा नै हो ।
भद्रगोल कोहलपुरको स्थानिय सरकार,कर्मचारी सरुवा राजनीति
कर्मचारी सरुवालाई मुल मुद्धा बनाएर उप प्रमुख आस्थावान राजनैतिक दल नेपाली काँग्रेसले कोहलपुर नगरपालिकामा ताला बन्दी गरेको छ । तालाबन्दी अघि सोही दलको दवावका कारण १५ दिन देखि कोहलपुर नगरपालिका नियमित काम कार्यवाही प्रभाबित हुँदै आएको छ । दैनिक २० औ जना पुलिसको घेरा भित्र सामान्य प्रशासनिक काम हँुदै आएको छ ।
यसको मुख्य कारण थियो सरुवा भएका कार्यालय प्रमुख छबिलाल नेपाली सरुवा भएको ठाउँमा गएनन भन्ने रहेछ ।
कर्मचारी सरुवा हुनु बढुवा हुनु सामान्य कुरा हो । जुन कुरा जनताका लागि सरोकारको बिषय होईन । जनताका कामका लागि यो वा त्यो कार्यालय प्रमुख भन्दा पनि बिधी र पद्धतिको कुरा मुख्य हुन आउछ । सरुवा भएका हाकिम बस्नु वा जानु कानुन निति बिधी भित्र पर्छ या पर्दैन त्यो पनि जनताको सरोकारको बिषय होईन यो कुरा कानुन अनुसार मिल्छ या मिल्दैन भन्ने होला । केहि समय थमैती गरेको बिषय पनि बिधी अनुसार हो या होईन भन्ने निरुपण गर्ने निकाय पनि भिड भन्दा बाहीर अर्को हुनु पर्ने हो । छैन भने त्यसलाई कानुन बनाउदाको कमजोरी मान्नु पर्दछ ।
पहिलो कुरा आफु र आफ्नो पार्टी हित अनुकुल नभएको ठहर सहित जर्वजस्ति गर्न खोजिएको हो भने त्यसलाई अराजकता बाहेक अरु केही मान्न सकिदैन ।
दोस्रो अमुक दलको नाम जोडेर कार्यालय नछोडे कार्यलय भित्रै दुब्यवहार गर्ने धम्की दिनु भनेको राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउनु हो । साथै अव आउने हाकिमले अमुक दलको हित अनुकुल काम नगरे फेरी सरुवा भएर अन्यत्र जान बाध्य पारिन्छ भन्ने धम्कीको रुपमा बुझ्न र बुझाउन खोजिएको हो भन्ने आसय पनि होला । अव आउने हाकिमको गुण र दोश, निति र बिधीका आधारमा होईन धाक र धम्कीका आधारमा काम गर्न बाध्य पारिन्छ भन्ने सन्देश दिनु अमुक दलको लागि फाईदा जनक होला तर आम जनताका लागि भने घातक कुरा हो ।
त्यसैपनि कोहलपुर नगरपालिकामा स्थानिय तहको कार्यान्वयन संगै ४ बर्षको अवधीमा ६ जना प्रमुख प्रशासकिय अधिकृत परिर्वतन भई सकेका छन । हाल सम्म कुनैपनि प्रमुख प्रशासकिय अधिकृतले पुरा १ बर्ष अवधि बिताएका छैनन । अझ १ जना प्रमुख प्रशासकिय अधिकृत जम्मा १ दिन हाजीर भएर सरुवा भएर गएको उदाहरण पनि छ । तसर्थ सरसर्ति भन्नु पर्दा कोहलपुर नगरपालिकामा काम गर्ने वातावरण छैन भन्ने कुरालाई नै संकेत गर्दछ । यसलाई कोहलपुरको दिगो बिकासमा अवरोधका रुपमा लिनु पर्दछ ।
दुखद नै भन्नु पर्छ उप प्रमुखको दलको बिरोध बाहेक अन्य राजनैतिक दल सो बिषयमा मौन रहनुले पनि अराजकतालाई कोहलपुरमा प्रशय दिन खोजिएको हो कि भन्ने भएको छ । त्यसो त सो बिषमा कर्मचारीको हक हितका लागि काम गरि रहेका संघ संस्था पनि मौन रहनु रहस्यकै बिषय बनेको छ ।
बर्षिक बजोट :
जनताको अपेक्षा बोकेको कोहलपुरको स्थानिय सरकार ४ बर्ष पार गरेर पाचौ बर्षमा प्रबेश गर्दौ गर्दा नेपालनमा नमुना बन्न पुगेको छ । कोहलपुर नगरपालिका बेथिती र अराजकताको नमुना बन्न पुगेको हो । हरेक बर्ष बजेट निर्माणमा बिवाद हुने कोहलपुर नगरपालिका बिभिन्न खाले हर्कत हुने गरेका छन । चाहे त्यो अल्पमत र बहुमतका नाममा होस या उप प्रमुखको सटट आर्थिक बिकास साखा संयोजकले बजेट प्रस्तुत गरेर होस ।
कोहलपुरका जनताको चासो बजेट कसले प्रस्तुत गर्यो भन्ने भन्दा पनि कस्तो बजोट आयो भन्ने मा रहने गर्दछ । बजेट प्रस्तुत गर्दा सहि बिधी र प्रक्रिया बाट गरिनु पर्दछ तर सही के हो भन्ने कुरामा बिवाद भएमा कानुन अनुसारको बाटो अवलम्बन गरिनु पर्दछ । आर्थिक बिकास संयोजकले बजेट प्रस्तुत गर्न मिल्ने या नमिल्ने कुरा कानुनमा परिभाषित गरिएको होला । सो कुरालाई लिएर नगरपालिका भित्र लडाई गनु भनेको सर्वत्र लाज मान्नु पर्ने बिषय हो बजेट निर्माण चरण र प्रक्रिया पार गर्ने कुरा बिधीको कुरा हो । बिधीको पालन अनिवार्य गरिनु पर्दछ तर मैले भनेको र बुभेको बिधी मात्रै सहि हो भनेर आम सर्वसाधारणलाई दुख दिने गरी अगाडी बढ्नु राजनैतिक बेईमानि हो ।
राजैतिक दल फेरी जन आनुमोदित हुनु पर्ने भएकाले बेईमानि गर्ने पक्षको भण्डाफोर गर्दै जनतामा जानु पर्दछ । नाकी आफु अनुकुलका निर्णय गराउन तलाबन्दी । दवाव मुलक कार्यक्रम गर्नका लागि पनि अन्य कामलाई बाधा नपर्ने गरि दवाद दिन सकिने कुरालाई कहि कतै भुल्न हुदैन । अझै अल्पमत भएपनि झण्डै बहुमत संगको बराबरीमा रहेको दलले जनतालाई दुख दिने भन्दा बिधी सम्वत तरीकाले निकास खोज्न अग्रसर बन्नु आवश्यक हुन्छ ।
अवको हाम्रो सपना :
बर्तमान नेतृत्व आए संगै कोहलपुर बिकासको गुरु योजना निर्माण गरि अगाडी बढने अपेक्षा थियो । तर, त्यसो हुन सकेन । समृद्ध कोहलपुरका सपनामा तत्काल तुषारापात भएपनि सो सपना अव कहिल्यै पुरा हुने छैन भन्ने होईन । भिजन सहितको नेतृत्वले मात्रै अवको कोहलपुरको नेतृत्व गर्न सक्ने कुरामा कोहलपुर बासीको एक मत हुन आवश्यक देखिन्छ । जसका लागि अवको नेतृत्वले कोहलपुरको बिकास लागी गुरु योजना निर्माण गरि सोही अनुसार अगाडी बढनु पर्ने आवश्यकता छ ।
तर, टुक्रे र लहडका आधारमा निर्माण गरिएका आयोजनमा गरेको लगानी बालुवामा पानी जस्तै हुने निश्चित प्राय छ । आगामी १ बर्ष भित्रै कोहलपुर नगरपालिकामा नयाँ नेतृत्व आउने छ । नयाँ नेतृत्वले हालको नेतृत्वको कमी कमजोरीको क्षतिपुर्ति हुने गरि काम अगाडी बढाउनु पर्ने देखिन्छ ।

Nabintech