११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अस्ताए नारायण प्रसाद चालिसे


कोहलपुर /एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता स्वर्गिय नारायण प्रसाद चालिसेको आईतवार अन्तेष्टी गरिएको छ ।
शनिवार सडक दुर्घटनमा परि निधन हुनु भएका चालिसेको मानखोला स्थित घाटमा अन्तेष्टी गरिएको हो । नारायण प्रसाद चालिसेको पार्थिक शरिरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक शर्मा हिमाल र प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपानेले पार्टी र अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य बिरेन्द्र मल्ल र केन्द्रीय परिषद सदस्य टिकाराम रेग्मीले शिक्षक संगठनको झण्डा ओढाएका थिए ।
सुर्योदय माबि बैजनाथ १ चिसापानीमा अग्रेजी शिक्षक रहेका चालिसे विधालयको कामले कोहलपुर देखि चिसापानी तर्फ जादै गर्दा सुर्खेत बाट नेपालगंज तर्फ आउदै गरेको माल बहाकल ट्रकले ठक्कर दिएको थियो । उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तर्फ ल्याउदै गर्दा बाटोमा नै निधन भएको उनका भाई हरि चालीसेले जानकारी दिए ।
उनि हाल नेकपा माओवादी केन्द्रका पार्टी सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका नेता थिए । स्वर्गिय नारायण प्रसाद चालिसे जनयुद्धका महान सहित ज्ञाम प्रसाद चालिसे आयामका भाई हुन । आयाम जनयुद्धको क्रममा बाँके र बर्दियामा सहादत प्राप्त गर्ने उच्च तहका नेता हुन ।
नारायण प्रसाद चालिसे अखिल क्रन्तिकारीका पुर्वनेता तथा शिक्षा क्यापस सुर्खेतका पुर्व स्ववियु सचिव समेत थिए । उनि बिगत ८ बर्ष देखि सुर्योदय मावि बैजनाथ १ चिसापानीमा अग्रेजी बिषयका शिक्षकका रुपमा कार्यरत रहेको बिद्यालयले जनाएको छ । विद्यालयमा शिक्षक तथा विद्यार्थी माझ चालिसे प्रिय पात्र रहेको बिद्यालयका प्रध्नाध्यापक जय बहादुर बिष्टले जानकारी दिए ।
४७ बर्षिय नारायण चालिसे हाल बागेश्वरी बहुमुखि क्यापसका एम एड चौथो सेमेष्टरका बिद्यार्थी समेत रहेको क्यापसले जनाएको छ ।
सम्पुर्ण पारिवार नै माओवादी आन्दोलनमा होमिएको र पार्टीले एक असल नेता तथा समाजिक अगुवा गुमाएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए ।
चालिसेको १३ औ पुन्य तिथिमा उनको निवासमा श्रदाञ्जली सभाको आयोजना गरिने पनि नेकपा माअ‍ेवादी केन्द्रका नगर सचिव खडका अबिरलले जानकारी दिए ।

Nabintech