११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा माओवादी केन्द्र कोहलपुरद्वारा सिन्धुपाल्चोकका बाढि पिडितलाई १ लाख बढि सहयोग


कोहलपुर/नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि रकम सहयोग गरेको छ । शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  विपत कोषमा कोहलपुर नगर कमिटिले १ लाख १० हजार बराबरको राहत  रकम सहयोग गरेको हो । कोहलपुर नगर कमिटिका अध्यक्ष तुलाराज विष्ट विहानीले विपद्मा परेका परिवारका लागि सहयोग गर्नका लागि नेकपा माओवादी केन्द्र कोहलपुरले सहयोग गरेको बताए । उनका अनुसार कोहलपुरमा रहेका नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सहयोग रकम संकलन गरी चेक मार्फत मेगा बैंक नेपाल लिमिटेड सिन्धुपाल्चोकको चौतारामा रहेको खाता नम्बर ०१४००१५४०२९२७ मा जम्मा गरिएको विष्टले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले विपद्मा परेका व्यक्तिहरुलाई निरन्तर सहयोग कार्यक्रम गर्दै आइरहेको बताए । उनका अनुसार अहिले माओवादी केन्द्रले कोहलपुरमा मात्र नभई देशभरी नै अभियान सञ्चालन गरी सहयोग गरिरहेको बताए । कोहलपुरका १५ वटै वडाका विपन्न,अपाङ्गता भएका र असहायका लागि राहत कोष स्थापना गरी चामल दाल तथा अन्य खाद्यान्नका साम्रगीहरु वितरण गरीसकिएको छ । कोभिड १९ बाट संक्रमति भएका व्यक्तिहरुका परिवारको घरमा र मृतकका परिवारका घरघरमा गई राहत वितरण गरेको पनि न्यौपानेले बताए ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य रेनुका खड्का (सामना), नेकपा माओवादी केन्द्र नगर सचिव बल बहादुर खड्का (अविरल), नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सचिवालय सदस्य नरेश पौडेल, जिल्ला कमिटि सचिवालय सदस्य दान बहादुर वली र जिल्ला कमिटि सदस्यहरु राज कुमार बि.सी,सुरज जागा लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर ३ का नेता पदम के।सीको ५० हजार सहयोग पछि राहत कोष शुभारम्भ गरिएको नगर सचिव खड्काले बताए ।

Nabintech