६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेतृ नमुनाद्धारा ‘कोभिड १९ राहत कोष बाँके’को घोषणा


कोरोना महामारीका कारण समस्यामा पर्ने बिपन्न तथा दैनिक रोजगार गरेर जिवन निर्वाह गर्ने मानिसका लागि सहयोग पुर्याउन भन्दै नेकपा नेतृ एंव प्रदेश सांसद कृष्णा केसी नमुनाले एक राहात कोषको घोषणा गरेकी छन । कोभिड १९ राहत कोष बाँके नाम दिईएको सो कोषमा नेतृ नमुनाले व्यक्तिगत रुपमा ५० हजार जम्मा गरेको फेसबुक मार्फत घोषणा
गरिन ।
उनले सो कोषमा थप रकम सघाउन आग्रह गरे लगतै बिभिन्न क्षेत्रबाट सहयोगको घोषणा हुन सुरु भएको छ । नेतृ नमुनालाई बल पुर्याउदै भेरी अञ्चल अस्पतालका चिकित्सक डा. राजन पाण्डेले पनि ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै अर्का चिकित्सक डा. तिर्थेन्द्र खड्काले पनि सहयोगको प्रतिवबद्धता जनाएका छन ।
नमुनाले आफुले घोषणा गरेको कोषलाई स्थानिय प्रशासन तथा व्यावासयी संघको साझेदारीमा प्रभावकारी रुपले सञ्चालन गर्ने बताईन । उनले कोष लाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफलको चरणमा रहेको बताईन ।
महामारी पछि आउन सक्ने संकट र दैनिक गुजारा गरेर जिनव निर्वाह गर्नेहरुलाई मध्यनजर गदै कोषको घोषणा गरिएको उनको भनाई छ । सो कोष बाट खाद्यान्न लगायत दैनिक तथा अति आवश्यकीय वस्तु सहयोग गर्ने सांसद केसीको सोच छ ।

Nabintech