२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण 


नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीका कारण जारी गरीएको लकडाउनले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गर्दै आएको माओवादी केन्द्रले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा बस्दै आएका अपाङ्गता भएका तथा अशक्त ब्यक्तिहरुलाई राहत वितरण गरेको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बहादुर बमको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुले संकलन गरेको चामल, दाल लगाएत खाद्यान्न सामग्री राहत स्वरुप वितरण गरीएको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष तथा कोरोना राहत कोषका संयोजक डिल्ली बरालले जानकारी दिए ।

नेपालगन्ज नगर क्षेत्रभित्र रहेका शारिरीक रुपमा अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीका नेता तथा कार्यकर्ताहरु फिल्डमै खटिएको बरालले बताए ।

नेता बरालका अनुसार सोमबार नगरक्षेत्रभित्र रहेका अधिकाशं अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, विस्कुट, माक्स लगायतका दैनिक उपभोग्य बस्तु तथा स्वास्थ सामग्री वितरण गरीएको छ । सरकारी, गैरसरकारी तथा अन्य निकायबाट समेत उपेक्षामा परेका समुदायका ब्यक्तिहरुलाई राहत वितरण गर्ने क्रममा नगरभित्रका सबै अशक्त ब्यक्तीहरुलाई राहत वितरण गरीएको उनले बताए ।

कोभिड महामारीका कारण रोजगार बिहिन भएका तथा समस्यामा परेका ब्यक्तिहरुका साथै शारिरीक रुपमा अशक्त रहेका ब्यक्तिहरुको चुल्हो बाल्ने उद्धेश्यले राहत कोष स्थापना गरी राहत वितरण अभियान संचालन गर्दै आएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बहादुर बमले बताए । नगरका २३ वटै वडामा रहेका विपन्न, अपाङ्गता भएका तथा दैनिक मजदुरी गर्ने श्रमजिवीहरुको सहजताका लागि संचालन गरेको राहत अभियानबाट छोटो समयमै एक हजार बढि घरपरिवारलाई खाद्यान्न उपलब्ध गराईएको बमले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, नवीन शर्मा, जिल्ला कार्या सदस्य तथा नगर अध्यक्ष डिल्ली बराल, जिल्ला कमिटी सदस्य तारा रोकाया, मिना चदारा, वसन्त मल्ल, प्रेम शाह, नगरका नेता धर्म न्यौपाने र दुर्गा खत्रीको सक्रिय सहभागीता रहेको थियो ।

बिगत एक महिनादेखी विपन्न, गरीब र असहाय परिवारकालागि माओवादी केन्द्रले नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा राहत अभियान संचालन गर्दै आईरहेको छ ।

Nabintech