२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 एक हप्ता थपियो बाँकेमा निषेधाज्ञा


नेपालगञ्ज/कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले आज सूचना जारी गर्दै सरकारी कार्यालयहरु भने भोलिदेखि खोल्ने निर्णय जानकारी गराएको छ । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न प्रशासनले भनेको छ ।

यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामाग्री खरिद विक्रीका लागि विहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पसल व्यवसाय खुल्ने भएका छन् । अहिले विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पसलहरु खुल्दै आएका छन् । तर विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खुल्ने छैनन् ।

Nabintech