२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रतिगमनलाई परास्त नगरी विपक्षी गठबन्धन टुट्दैन : प्रचण्ड


काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन्। पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन्।

विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो। ‘प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने हामीबीच समझदारी भएको छ। हाम्रो एकता कायम रहनेमा ढुक्क हुनुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै नेता मात्रिका यादवले भने। निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई कारबाही केन्द्रीय समितिको बैठकबाट हुनुपर्ने बताएपछि माओवादी केन्द्रले १४ जना स्थानीय तहका जनप्रतिधरिलाई कारबाही गरेको छ।

माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेकाहरू कारबाहीमा परेका हुन्। यो निर्णय आयोगलाई जानकारी गराउने तयारी माओवादी केन्द्रको छ। असार ४ मा मुक्ति प्रधान, दीनानाथ शर्मा, लीलामणि पौडेलले कारबाहीमा परेका जनप्रतिनिधिहरूको विवरण अद्यावधिकको माग गरेका थिए। आयोगले केन्द्रीय कमिटीमार्फत कारबाही गरेपछि मात्रै अद्यावधिक गरिने बताएपछि पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूलाई माओवादी केन्द्रले कारबाही गरेको हो।

Nabintech