१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पार्टी छोडेका जनप्रतिनिधि र केन्द्रीय नेतालाई कारवाही गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौ/माओवादी केन्द्रले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छोडेकाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ।

सोमबार विहान बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले आफ्नो दलबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधि र केन्द्रीय नेताहरुले पार्टी छोडेकाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो।

स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो। भर्चुअल माध्यमबाट बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए।

Nabintech