२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र कोहलपुरले सिन्धुपाल्चोकका बाढी पिडीतलाई राहात रकम पठाउने

कोहलपुर ३ का पदम केसीले ५० हजार सहयोग गरे



सिन्धुपाल्चोक मेलम्ची र हेलम्बुको पहिरोमा परेकाहरुको राहातका लागि माओवादी केन्द्र कोहलपुरका कार्यकर्ताले आन्तरीक रुपमा सहयोग रकम पठाउने भएका छन ।
कोरोरा पिडीतहरुको लागि राहात अभियान सञ्चालन गर्दै आएको माओवादी केन्द्र कोहलपुरले सिन्धुपाल्चोकमा बिनासकारी बाढीमा परेकाहरुको सहयोगका लागि राहात रकम पठाउने भएको माओवादी केन्दका नेता नरेन्द्र न्यौपानेले जानकाकारी दिए ।
सिन्धुपाल्चोक पहिरो पिडीतका लागि माओवादी केन्द्र कोहलपुर ३ का नेता पदम केसीले स्व।बुवा तुक मान केसीको सम्झनामा ५० हजार सहयोग गरेका छन । केसीले यसअघि माओवादी केन्द्रले सञ्चालन गरेको कोरोना पिडीत राहात कोषमा २५ बोरा चामल सहयोग गरेका थिए । शिक्षा प्रेमी केसी माओवादी केन्द्र कोहलपुर ३ का युवा नेता हुन ।


राहात रकम हस्तान्तरण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले स्वयम ठुलो दुर्घटना परेर उपचार गराई रहेका पदम केसीले बाढि पिडीत र कोरोना पिडीतलाई सहयोग गर्नु उदाहरणीय भएको बताए । पदम केसीको समाजिक सेवा भाव सबैका लागि अनुकरणीय रहेको उनको भनाई थियो ।
हस्तान्तरण कार्यक्रम बोल्दै सहयोगी पदम केसीले सिन्धुपाल्चोकको दर्दनाक अवस्था देखेर आफु भाव बिहोल भएको भन्दै संकटका समयमा आफुले जस्तै सहयोग गर्न अन्यलाई पनि अपिल गरे ।
सिन्धुपाल्चोक बाढी पहिरो पिडीतका लागि आईतवार मात्रै माओवादी कार्याक्रर्ताहरुको तर्फ बाट ७० हजार बढि रकम सकलन भएको माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खडकाले जानकारी दिए ।
कोहलपुर ३ कै राजेश भारतीले ५ हजार १ सय र तारा केसर रिजालले ५ हजार १ सय सहयोग रहेका छन । यस्तै पिडीतहरुका लागि
टंक लामिछाने ,कृण्ण चौलागाई , बिर बहादुर केसी , शरन बहादुर केसी , कृण्ण बहादुर महतार ,राजेन्द्र केसी ,भुपेन्द्र पौडेलले पनि सहयोग गरेको माओवादी केन्द्र कोहलपुर ३ अध्यक्ष तारा केशर रिजालले जानकारी दिए ।
संकलित रकम मंगलवार सम्म सिन्धुपाल्चोक पठाईने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानिले जानकारी दिए ।

Nabintech