२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
माओवादी केन्द्र कोहलपुरद्धारा  योजनाका सूचि पेश


कोहलपुर/माओवादी केन्द्र कोहलपुरले आर्थिक बर्ष २०७८/७९मा समेट्ने बिभिन्न साना ठुला आयोजनाहरुको सुचि कोहलपुर नगरपालिकालाई बुझाएको छ । सोमवार देखि सुरु हुन लागेको नगर सभा अघि माओवादी केन्द्रका नेताहरुले १५ ओटै वडाका बिकास आयोजना समेटिएको सुचि नगर प्रमुख लुट बहादुर रावतलाई बुझाएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट (बिहानि)ले जानकारी दिए ।
बिभिन्न माध्याम बाट पार्टी कार्यालयमा आएका आयोजनाका सुचि सहित कोहलपुर नगर पालिकालाई केही सुझवहरु पनि लिखित रुपमा बुझाईएको माओवादीका युवा नेता नरेन्द्र न्यौपानले जानकारी दिए । १५ ओटै वडाका साना र ठुला गरि झण्डै १ सय आयोजना कोहलपुर नगरपालिकालाई बुझाईएको छ ।
नेता न्यौपानले दिर्घकालिन र ठुला आयोजना सुरु गनु पुर्व सर्वपक्षिय छलफल गर्न,नियमित सार्वजनिक सुवाई गरी परदर्शिता अपनाउन , कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गर्न , भष्टाचार र बेरुजु नियन्त्रणका लागि ठोस पहलकदमी लिन माग गरिएको बताए । नगर गौरवका र अन्य आयोजनमा ठेकेदार कम्पनी र अन्य कारण भएको ढिला हटाएर द्रुत गतिमा काम अगडी बढाएर तोकिएकै मितीमा काम सम्पन्न गर्न पहलकदमि लिन सुझाव दिईएको छ ।
योजनागत सुझाव लिदै नगर प्रमुख लुट बहादुर रावतले सम्भव भए सम्म माओवादी केन्द्रले दिएका सुझाहरुलाई समाबेश गर्ने प्रतिबद्धता जनाएका छन । माओवादी केन्द्रको टोलिले उप प्रमुख सञ्जु कुमारी थारुलाई बिभिन्न आयोजनहरुका बारेमा ध्यानाकर्षण गराएको थियो ।

Nabintech